बली दिन भारत लैजाँदै गरेका दुई किशोरीको प्रहरीले गर्‍यो उद्दार « Khabarhub

बली दिन भारत लैजाँदै गरेका दुई किशोरीको प्रहरीले गर्‍यो उद्दार


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा – सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ ।

बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उद्धार गरेको नायव उपरीक्षक कार्कीले बताए ।

शङ्का लागेर सोधखोज गर्ने क्रममा किशोरीसँगै रहेका २ पुरुषलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उद्दार गरिएकामा १९ र २२ वर्षकी दुई किशोरी रहेका छन् ।

भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका –४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीले बताए ।

नियन्त्रणमा लिएका एकले आफू किशोरीको आफन्त रहेको प्रहरी समक्ष बयान दिएका छन् । नाताले भिनाजु पर्ने व्यक्तिले सालीलाई पूजाका लागि भारत लैजाने सहमति अनुरुप आफू सुरक्षाका लागि सँगै आएको भनी उनले प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ ।

सीमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाका लागि भनेर ल्याइएको युवतीले प्रहरी समक्ष बताएका छन् ।

भारततर्फ लैजानु पूर्व उनीहरुको उचाईसमेत नापिएको थियो । त्यसैगरी हातको रेखासमेत हेरी पुजाका लागि योग्य भनी ठहर गरिएको थियो ।

सीमापारी नजिकै रहेको कुनै एक मन्दिरमा साँझको बेला आयोजना हुने पूजाबेला ध्यानमा बसेवापत रु दुई लाख रकम दिने भनिएको थियो ।

चौधरी थर भएका युवतीहरु निकै सोझा रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुशन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ७ : ४५ बजे

कर्णालीबाट राष्ट्रिय सभामा ललितजंग र मीनासिंह विजयी

काठमाडौं- कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस र नेकपा

स्याङ्जाको चुनावी प्रतिस्पर्धामा को अगाडि ?

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन लक्षित प्रचार–प्रसार

एमालेमा फर्किएको अढाई महिनामै राष्ट्रिय सभामा पुगिन् रामकुमारी

काठमाडौं- करिब चार वर्ष नेकपा एकीकृत समाजवादीमा रहेर गत कात्तिक

टिचिङमा स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्ने विषयमा सरोकारवालाबीच छलफल 

काठमाडौं– स्वास्थ्य बीमा सेवा बन्द गरेका अस्पतालहरूमा पुनः सुचारु गर्ने

राष्ट्रियसभा सदस्य निर्वाचन : ९५ प्रतिशतभन्दा बढी मतदान

काठमाडौं– राष्ट्रियसभा सदस्यका लागि आज भएको मतदान उत्साहजनक एवं शान्तिपूर्ण