कर्मचारीमा कोरोना देखिएपछि बेलौरीका दुई बैंक बन्द « Khabarhub

कर्मचारीमा कोरोना देखिएपछि बेलौरीका दुई बैंक बन्द


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका–४ बेलौरी बजारका दुई बैंकका शाखा आजदेखि एक साताका लागि बन्द भएका छन् ।

बैंक अफ काठमाडौँ र राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखा बन्द भएका हुन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैंक अफ काठमाडौँमा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि सो बैंकसँगै रहेको राष्ट्रिय बाणिज्य बैंक बन्द गरिएको हो ।

कोरोना सङ्क्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीको पिसिआर जाँच गरी नतिजा नआउँदासम्म बैंकका शाखाको कामकाज बन्द गरिएको नगरपालिकाको वडा नं ४ का वडा अध्यक्ष अर्जुन ढकालले जानकारी दिए ।

बैंक अफ काठमाडौँका कर्मचारी काठमाडौँबाट फर्केपछि उनीमा ज्वरो देखियो वडा अध्यक्ष ढकालले भने, “पिसिआर चेकजाँच गर्दा नतिजा पोजेटिभ आएपछि अन्य कर्मचारीको पिसिआर चेकजाँच गरी नतिजा नआउँदासम्म शाखा बन्द गर्न आग्रह गरेपछि बन्द गरिएका छन् ।”

उनका अनुसार कोरोनाको सङ्क्रमण पुष्टि भएका कर्मचारीको अवस्था सामान्य छ । कोरोनाको सङ्क्रमण देखिएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारी क्वारेन्टिानमा छन् ।

राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखाका प्रवन्धक महेशराज भट्टले सूचना जारी गर्दै बैंकमा कार्यरत कर्मचारीको पिसिआर चेकजाँच गरी नतिजा नेगेटिभ नआउँदासम्मका लागि लागि बैंकको शाखा बन्द हुने बताए । सेवाग्राहीका लागि एटिएम सेवा भने खुला रहने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ११ : १८ बजे

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता