इङ्ग्ल्यान्डमा दुई टेस्ट सिरीज टिममा नपरेका बेरिस्टो केन्द्रीय सम्झैता बाहिर « Khabarhub

इङ्ग्ल्यान्डमा दुई टेस्ट सिरीज टिममा नपरेका बेरिस्टो केन्द्रीय सम्झैता बाहिर

नेपालमा एक वर्ष नखेलेका खेलाडी पनि सम्झौतामा!


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको केन्द्रीय सम्झौतालाई लिएर आलोचना भइरहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को असोज ६ गते चितवनमा बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका महिला र पुरुष खेलाडीको २०२० को केन्द्रीय सम्झौता गरेको थियो ।

पुरुषतर्फ १८ जना र महिलातर्फ १९ जना खेलाडीलाई ए,बी र सी गरी तीन समुहमा बर्गिकरण गरेको छ । नेपाली महिला टोलीका खेलाडी पहिलो पटक केन्द्रीय सम्झौतामा जोडिएका हुन् भने पुरुष टोलीको पनि हरेक समुहमा १५ हजार रुपैया तलब बृद्धी गरेको छ ।

यी राम्रा काम गरेको क्यानले वाहवाही पाउनु पर्ने हो तर, प्रशंसाभन्दा आलोचना बढी खेप्नु पर्यो । त्यतिमात्रै होइन, अब बस्ने बोर्डले केन्द्रीय सम्झौतामा समावेश खेलाडीको नामबारे छलफल गर्ने जानकारी दिइसकेको छ ।

यहिँ समयमा इङ्ग्ल्यान्डले पनि खेलाडीको केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ । जसमा अनुभवी विकेटकिपर ब्याट्सम्यान जोनी बेरिस्टो टेस्ट क्रिकेटको सम्झौताबाट बाहिर रहेका छन् ।

३३ वर्षीय बेरिस्टो बेष्ट इन्डीज, पाकिस्तानसँगको टैस्ट सिरीजका लागि टोलीमा छनोटमा परेका थिएनन् ।

टेस्ट शृङ्खलामा नरहेका बेस्टो टेस्टको केन्द्रीय सम्झौताबाट टाढा रहे तर, नेपालमा भने सन् २०१९ मा राष्ट्रिय टीमबाट खेल्दै नखेलेका खेलाडी केन्द्रीय सम्झौतामा समावेश भएका छन् ।

राष्ट्रिय टीमका अनुभवी खेलाडी सुवास खकुरेल र कमल सिंह ऐरीले २०१९मा एउटा पनि खेल खेलेका थिएनन् । तर, उनीहरु क्यानको केन्द्रीय सम्झौताको सी समुहमा छन् ।

यस्तै महिला टीमतिर पनि खेल्दै नखेलेका खेलाडीलाई सम्झौतामा समावेश गरेको छ भने नियमित खेलिरहेका खेलाडी सम्झौतामा अटाएका छैनन् ।

बेरिस्टोलाई सम्झौताबाट हटाउनुले के स्पष्ट पार्छ भने यो सम्झौतामा नियमित खेलिरहेका खेलाडीले स्थान पाउन पर्छ ।
खेलाडीको खेलको मूल्याङ्कन गरेर उनीहरुलाई केन्द्रीय सझौतामा समावेश गर्नु पर्छ ।

नेपालले इङ्ग्ल्यान्ड जस्तै मुलुकको सिको गर्दै क्रिकेट खेलेको हो तर, अन्य राम्रा कुराहरुको पनि सिको गर्न सके नेपाली क्रिकेटका लागि फाइदा पुग्ने जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  १ : १५ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र