इङ्ग्ल्यान्डमा दुई टेस्ट सिरीज टिममा नपरेका बेरिस्टो केन्द्रीय सम्झैता बाहिर | Khabarhub Khabarhub

इङ्ग्ल्यान्डमा दुई टेस्ट सिरीज टिममा नपरेका बेरिस्टो केन्द्रीय सम्झैता बाहिर

नेपालमा एक वर्ष नखेलेका खेलाडी पनि सम्झौतामा!


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको केन्द्रीय सम्झौतालाई लिएर आलोचना भइरहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को असोज ६ गते चितवनमा बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका महिला र पुरुष खेलाडीको २०२० को केन्द्रीय सम्झौता गरेको थियो ।

पुरुषतर्फ १८ जना र महिलातर्फ १९ जना खेलाडीलाई ए,बी र सी गरी तीन समुहमा बर्गिकरण गरेको छ । नेपाली महिला टोलीका खेलाडी पहिलो पटक केन्द्रीय सम्झौतामा जोडिएका हुन् भने पुरुष टोलीको पनि हरेक समुहमा १५ हजार रुपैया तलब बृद्धी गरेको छ ।

यी राम्रा काम गरेको क्यानले वाहवाही पाउनु पर्ने हो तर, प्रशंसाभन्दा आलोचना बढी खेप्नु पर्यो । त्यतिमात्रै होइन, अब बस्ने बोर्डले केन्द्रीय सम्झौतामा समावेश खेलाडीको नामबारे छलफल गर्ने जानकारी दिइसकेको छ ।

यहिँ समयमा इङ्ग्ल्यान्डले पनि खेलाडीको केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ । जसमा अनुभवी विकेटकिपर ब्याट्सम्यान जोनी बेरिस्टो टेस्ट क्रिकेटको सम्झौताबाट बाहिर रहेका छन् ।

३३ वर्षीय बेरिस्टो बेष्ट इन्डीज, पाकिस्तानसँगको टैस्ट सिरीजका लागि टोलीमा छनोटमा परेका थिएनन् ।

टेस्ट शृङ्खलामा नरहेका बेस्टो टेस्टको केन्द्रीय सम्झौताबाट टाढा रहे तर, नेपालमा भने सन् २०१९ मा राष्ट्रिय टीमबाट खेल्दै नखेलेका खेलाडी केन्द्रीय सम्झौतामा समावेश भएका छन् ।

राष्ट्रिय टीमका अनुभवी खेलाडी सुवास खकुरेल र कमल सिंह ऐरीले २०१९मा एउटा पनि खेल खेलेका थिएनन् । तर, उनीहरु क्यानको केन्द्रीय सम्झौताको सी समुहमा छन् ।

यस्तै महिला टीमतिर पनि खेल्दै नखेलेका खेलाडीलाई सम्झौतामा समावेश गरेको छ भने नियमित खेलिरहेका खेलाडी सम्झौतामा अटाएका छैनन् ।

बेरिस्टोलाई सम्झौताबाट हटाउनुले के स्पष्ट पार्छ भने यो सम्झौतामा नियमित खेलिरहेका खेलाडीले स्थान पाउन पर्छ ।
खेलाडीको खेलको मूल्याङ्कन गरेर उनीहरुलाई केन्द्रीय सझौतामा समावेश गर्नु पर्छ ।

नेपालले इङ्ग्ल्यान्ड जस्तै मुलुकको सिको गर्दै क्रिकेट खेलेको हो तर, अन्य राम्रा कुराहरुको पनि सिको गर्न सके नेपाली क्रिकेटका लागि फाइदा पुग्ने जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  १ : १५ बजे

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि