यसरी राखियो रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गजुर « Khabarhub

यसरी राखियो रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गजुर



काठमाडौँ– २०७२ सालको विनासकारी भूकम्पबाट क्षति पुगेपछि पूर्ननिर्माण गरिएको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ ।

विशेष पूजा गरी मल्लकालिन शैलीमा निर्माण भएको मन्दिरमा बिहीबार गजुर हालिएको हो । १२३ किलोको गजुरमा ३२.७३ तोला सुनको जलप लगाईएको छ ।

रानीपोखरीको बीच भागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर भूकम्पबाट पूणरुपमा क्षतिग्रस्त भएको थियो । विज्ञ समूहको प्रतिवेदनअनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमै पुनर्निर्माण गरिएको छ ।

गजुर राखिएसँगै रानीपोखरी पुनर्निमाणको काम करिब करिब सकिएको र रंगरोगन र साजसज्जाको केही काम बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं रानीपोखरी पूर्ननिर्माण आयोजनाका प्रमुख भरत अर्यालले जानकारी दिए ।

मल्लकालमा बनेको मन्दिर भने ग्रन्थकुट शैलीमा निर्माण भएको थियो । पछि राणाकालमा रानीपोखरीको मध्य भागमा रहेको मन्दिरको स्वरुप परिवर्तन गरी गुम्बज शैलीको बनाइएको थियो।

२०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन । शिलान्यास भएको करिब ५ वर्षपछि अब पुनर्निर्माण सकिने चरणमा छ ।

 

 

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  २ : १७ बजे

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि