ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु, एक घाइते « Khabarhub

ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु, एक घाइते


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान – सप्तरीको बोदे बसाईन नगरपालिका–५ मा ट्रयाक्टरले ठक्कर दिँदा आज साँझ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बोदे बसाईन नगरपालिका–७ हैठीका २३ वर्षीय सुजितकुमार यादव रहेको प्रहरी कार्यालय बोदे बसाइनले जनाएको छ ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको स१त ४६९३ नम्बरको ट्रयाक्टरले अनटेष्ट मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदे बसाईनका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले जानकारी दिए ।

उनको अनुसार ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका धर्मेन्द्रकुमार यादव गम्भीर घाइते भएको र उनलाई उपचारका लागि बिराटनगरतर्फ पठाएको छ ।

घटनापछि चालक ट्रयाक्टर छाडेर भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ९ : २५ बजे

जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू)

काठमाडौं– दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको रामेछाप

राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह

काठमाडौं– गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले

फेक रेस्क्यूमा पक्राउ परे ट्राभल एजेन्सीका ६ जना सञ्चालक

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न