पूर्वयुवराज्ञी हिमानी शाहले भनिन् – विपत्तिको क्षणमा सेवा र सहयोग गर्नु नै ठूलो धर्म हो (भिडियो) « Khabarhub

पूर्वयुवराज्ञी हिमानी शाहले भनिन् – विपत्तिको क्षणमा सेवा र सहयोग गर्नु नै ठूलो धर्म हो (भिडियो)


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाहले ‘हिमानी कोश’ मा जोडिन चाहेका स्वयम् सेवकप्रति आभार प्रकट गर्दै सेवा र सहयोग गर्नु नै ठूलो धर्म भएको बताएकी छिन् ।

उनले भिडियो सन्देशमार्फत सातै प्रदेशबाट स्वतःस्फुर्त रुपमा स्वयम् सेवामा जोडिन इच्छुक सबैलाई हातेमालो गर्न आह्वान समेत गरेकी छिन् ।

हिमानी कोशले आफ्नो स्थापना कालदेखि नै स्रोत र साधनले भ्याएसम्म आफूलाई समाजसेवामा समर्पित गर्दै आएको बताउँदै पूर्वयुवराज्ञी हिमानीले विपत्तिको क्षणमा सेवा र सहयोग गर्नु ठूलो धर्म भएको बताएकी छिन् ।

‘विपत्तिको क्षणमा सेवा र सहयोग गर्नु नै ठूलो धर्म हो, हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ?,’ उनले भनिन् ।

साथै उनले आम नेपालीलाई समाजसेवामा जुट्न पनि अनुरोध गरिन् । हिमानीले भनिन्, ‘सामाजिक रुपान्तरणको हितमा सहकार्य गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु ।’

पछिल्लो समय सामाजिक सेवामा सक्रिय रहँदै आएकी हिमानीले ‘हिमानी कोश’ मार्फत समाजसेवा गरिरहेकी छिन् । उनले समाजसेवा गर्नु हरेक नेपालीको कर्तव्य भएको पनि बताएकी छिन् ।

‘हरेक रुखले फल दिनपर्छ भन्ने जरुरी छैन, उसले शीतल पनि दिइरहेको हुन्छ,’ हिमानीले भनिन् । उनले एक नेपालीले अर्को नेपालीप्रति विना कुनै द्वेष, जात, धर्म रुप नभनी सहयोग गर्न पनि आग्रह गरिन् ।

भिडियो हेर्नुहोस्ः

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  १० : ५९ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी