पूर्वयुवराज्ञी हिमानी शाहले भनिन् – विपत्तिको क्षणमा सेवा र सहयोग गर्नु नै ठूलो धर्म हो (भिडियो) « Khabarhub

पूर्वयुवराज्ञी हिमानी शाहले भनिन् – विपत्तिको क्षणमा सेवा र सहयोग गर्नु नै ठूलो धर्म हो (भिडियो)


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाहले ‘हिमानी कोश’ मा जोडिन चाहेका स्वयम् सेवकप्रति आभार प्रकट गर्दै सेवा र सहयोग गर्नु नै ठूलो धर्म भएको बताएकी छिन् ।

उनले भिडियो सन्देशमार्फत सातै प्रदेशबाट स्वतःस्फुर्त रुपमा स्वयम् सेवामा जोडिन इच्छुक सबैलाई हातेमालो गर्न आह्वान समेत गरेकी छिन् ।

हिमानी कोशले आफ्नो स्थापना कालदेखि नै स्रोत र साधनले भ्याएसम्म आफूलाई समाजसेवामा समर्पित गर्दै आएको बताउँदै पूर्वयुवराज्ञी हिमानीले विपत्तिको क्षणमा सेवा र सहयोग गर्नु ठूलो धर्म भएको बताएकी छिन् ।

‘विपत्तिको क्षणमा सेवा र सहयोग गर्नु नै ठूलो धर्म हो, हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ?,’ उनले भनिन् ।

साथै उनले आम नेपालीलाई समाजसेवामा जुट्न पनि अनुरोध गरिन् । हिमानीले भनिन्, ‘सामाजिक रुपान्तरणको हितमा सहकार्य गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु ।’

पछिल्लो समय सामाजिक सेवामा सक्रिय रहँदै आएकी हिमानीले ‘हिमानी कोश’ मार्फत समाजसेवा गरिरहेकी छिन् । उनले समाजसेवा गर्नु हरेक नेपालीको कर्तव्य भएको पनि बताएकी छिन् ।

‘हरेक रुखले फल दिनपर्छ भन्ने जरुरी छैन, उसले शीतल पनि दिइरहेको हुन्छ,’ हिमानीले भनिन् । उनले एक नेपालीले अर्को नेपालीप्रति विना कुनै द्वेष, जात, धर्म रुप नभनी सहयोग गर्न पनि आग्रह गरिन् ।

भिडियो हेर्नुहोस्ः

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  १० : ५९ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ