ब्राजिलको अमेजन वन क्षेत्र १२ वर्ष यताकै धेरै विनाश « Khabarhub

ब्राजिलको अमेजन वन क्षेत्र १२ वर्ष यताकै धेरै विनाश


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ब्राजिलको रेनफरेस्ट भनिने अमेजनको वनजङ्गल क्षेत्र १२ वर्ष यताकै धेरै विनाश भएको छ ।

विश्वको जलवायु सन्तुलनका निम्ति अत्यन्त महत्त्वपूर्ण मानिने अमेजन वन क्षेत्र तीव्र गतिमा विनाश भइरहेको तथ्याङ्कहरूले देखाएका छन्।

३० लाख थरी वनस्पति तथा जीवजन्तु पाइने अमेजन क्षेत्रमा दश लाख जनजाती समुदायको बसोबास छ ।

पछिल्ला तथ्यांकअनुसार अघिल्लो १२ महिनाको तुलनामा त्यहाँ साढे नौ प्रतिशतले वन विनाश भइरहेको बीबीसीले उल्लेख गरेको छ । यो सन् २००८ यताकै उच्च विन्दुको विनाश हो ।

आइएनपीइले सङ्कलन गरेका भूउपग्रहबाट खिँचिएका तस्बिरहरूले अगस्ट २०१९ र जुलाई २०२० का बीचमा मात्र करिब ११ हजार वर्ग किलोमिटर जङ्गल सखाप भएको पाइएको छ ।

अमेजन वन क्षेत्रलाई विश्वकै महत्त्वपूर्ण कार्बन भण्डारको रूपमा मानिन्छ । यसले विश्वव्यापी तापक्रम वृद्धिको दरलाई कम गराउन मद्दत गर्दै आएको वैज्ञानिकहरूको दाबी छ ।

 

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ८ : २० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका