एसिया प्रशान्त क्षेत्रमा नेटोजस्तो सुरक्षा मुख्यालय बनाउने योजना छैनः अमेरिका « Khabarhub

एसिया प्रशान्त क्षेत्रमा नेटोजस्तो सुरक्षा मुख्यालय बनाउने योजना छैनः अमेरिका


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एसिया प्रशान्त क्षेत्रमा नेटोजस्तै क्षेत्रीय सुरक्षा मुख्यालय स्थापना गर्ने योजना नरहेको अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

पूर्वीएसिया र प्रशान्त मामिला सम्बन्धी कोरिया र जापानका लागि अमेरिकी उपसहायक विदेश मन्त्री मार्क न्यापरले योनहापलाई दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

अमेरिकी अग्रसरतामा रहेको अस्ट्रेलिया, भारत र जापान सम्मिलित क्वेडका सन्दर्भमा न्यापरले भने, ‘अहिल्यै सैन्य मुख्यालय निर्माण गर्ने अमेरिकी योजना छैन ।’

‘अहिल्यै नेटोकै स्वरुपमा क्षेत्रीय सुरक्षा मुख्यालय स्थापना गर्ने अमेरिकी योजना छैन, तर एकै किसिमका दृष्टिकोण भएका मुलुकहरुबीच साझेदारी गर्ने कुरालाई अमेरिकाले स्वागत गर्नेछ,’ उनले भने ।

पछिल्ला दिनमा क्वेडलाई बहुपक्षीय सुरक्षा गठबन्धनका रुपमा विकास गर्ने योजना अघि सारिएको भन्दै चौतर्फी चासो व्यक्त भएको छ । जसमा दक्षिण कोरियालाई पनि समावेश गर्ने योजना अघि बढेको छ । यस समूहले खासगरी चिनियाँ प्रभावलाई नियन्त्रण गर्ने लक्ष राखेको छ ।

अमेरिकी प्रशासनले यस समूहलाई अझ विस्तार गर्न लागेको भन्ने धारणालाई अस्वीकार गरेको छ । तर, क्वेडलाई अझ बढी संगठित संरचनामा रुपान्तरित गर्ने सोच अमेरिकाले अघि सारेको छ ।

दक्षिण कोरियासँगको सम्बन्धका बारेमा सोधिएको प्रश्नमा न्यापरले कोरोनाभाइरसका कारण अबरुद्ध भएको आपसी भ्रमण चाँडै शुरु हुने विश्वास व्यक्त गरे । उनले दुबै मुलुकबीच जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन अमेरिका तयार रहेको बताए ।

उत्तर कोरियाली आणविक अप्रसारका बारेमा सोधिएको एक प्रश्नमा न्यापरले उत्तर कोरियासँग वार्ता गर्न अमेरिका खुला रहेको बताए । उनले उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रम त्याग्नु पर्ने बताए ।

उत्तर कोरिया मामिलामा दक्षिण कोरियाली राष्ट्रपतिसँग अमेरिकाले निरन्तर छलफल र विचार विमर्श गरिरहेको पनि उनले बताए ।

 

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १ : ४० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु