बुलेट चलाएर करीना कपूरको शो मा गइन् सोनाक्षी सिन्हा, भइन् ट्रोल « Khabarhub

बुलेट चलाएर करीना कपूरको शो मा गइन् सोनाक्षी सिन्हा, भइन् ट्रोल


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड नायिका सोनाक्षी सिन्हाले यसअघि पनि ट्रोलरको सामना गरिसकेकी छिन् । यसपटक उनलाई फेरि प्रयोगकर्ताले मजाक बनाएका छन् ।

यसपटक सोनाक्षी मुम्बईको सडकमा बुलेट बाइक चलाएर ट्रोल बनेकी हुन् ।

खासमा सोनाक्षी सिन्हा हालै नायिका करीना कपूरको रेडियो शो ‘ह्वाट विमेन वान्ट’ मा बुलेट बाइक चलाउँदै पुगेकी थिइन् । सोनाक्षीले बाइक चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा सोनाक्षी दबंग स्टाइलमा देखिएकी छिन् । भिडियोमा सोनाक्षीले बाइक चलाउँदा उनका बडीगार्ड र मिडियाकर्मी पछिपछि भागिरहेकी हुन्छिन् । भिडियोमा सोनाक्षीका कारण बाटोमा ट्राफिक जाम भएको देख्न सकिन्छ ।

भलै यो भिडियोलाई लिएर कतिपयले सोनाक्षीको तारिफ पनि गरेका छन् । तर, कतिले भने उनको भीआईपी शैलीको विरोध गरेका छन् ।

एक प्रयोगकर्ताले सोनाक्षीको तारिफ गर्दै कमेन्ट गरेका छन्, ‘सोनाक्षी तपाईंको बाइक राइडिङ स्किल तपाईंको अभिनयभन्दा बढी राम्रो छ ।’

‘यो के मजाक चलिरहेको छ?,’ अर्का एक प्रयोगकर्ताको कमेन्ट छ ।

पछिल्लो समय सोनाक्षी सलमान खानसँग फिल्म ‘दबंग ३’ मा देखिएकी थिइन् । फिल्ममा उनी सलमान खानको अपोजिटमा थिइन् ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  २ : ०५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र