बैतडीको कोरोना सहायता कक्षमा १७८ जनाको स्वास्थ्य परीक्षण « Khabarhub

बैतडीको कोरोना सहायता कक्षमा १७८ जनाको स्वास्थ्य परीक्षण


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोरोना भाइरस चेकजाँचका लागि स्थापना गरिएको सहायता कक्षमा आइतबारसम्म १ सय ७८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

सहायता कक्षले हालसम्म झुलाघाट नाकाबाट नेपाल भित्रिने १७८ नागरिकहरुको स्वास्थ्य परीक्षण गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले यही फागुन १० गते सहायता कक्ष स्थापना गरेका थिए ।

परीक्षण गरिएका कुनै पनि नागरिकमा कोरोना भाइरसको सङ्क्रमण नभेटिएको भट्टले बताए ।

भारतबाट फर्किने सबै नागरिकको सहायता कक्षमा स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ ।

नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट सहायता कक्षमा दुईजना स्वास्थ्यकर्मी खटाइएको छ ।

 कोरोना भाइरसको सङ्क्रमणका बारेमा सचेतना फैलाउन र भारतबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताएका छन् ।

सहायता कक्षमा भारतबाट फर्किने नागरिकहरुको ‘इन्फ्रारेड थर्मामिटर’ ले ज्वरो मापन गर्ने गरिएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले जानकारी दिए ।

सहायता कक्षमा ज्वरो मापनका साथै दुई हप्ता अघिसम्म चीन गए नगएको बारेमा सोधपुछ गर्ने र रुघाखोकी लागे नलागेको बारेमा सोधपुछ भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

अत्यधिक ज्वरो आएको र केही शङ्कास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा अलग्गै कोठामा राख्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १२ : २२ बजे

महेश बस्नेतकी श्रीमतीको हमलामा परेकी शोभा पाठकलाई उपचारका लागि ट्रमा सेन्टर लगियो

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतको हमलामा

इजरायलमा नेतन्याहूलाई कडा चुनौती: दुई पूर्वप्रधानमन्त्री मिलेर घोषणा गरे नयाँ पार्टी

तेलअभिभ- इजरायलमा आगामी अक्टोबर २०२६ मा हुने आमचुनावलाई लक्षित गर्दै

बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन

काठमाडौं– काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुम्बासी बस्ती हटाएर

काठमाडौं उपत्यकाको वायु गुणस्तर सुधारोन्मुख

काठमाडौं– गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौं उपत्यकाको

आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय

काठमाडौं- लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई