सभामुख सापकोटा र साउदी अरेवियाका राजदूतबीच भेटवार्ता « Khabarhub

सभामुख सापकोटा र साउदी अरेवियाका राजदूतबीच भेटवार्ता


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सम्माननीय सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि साउदी अरेवियाका राजदूत मुसदै सुलेमान एम अलमारवानीले आज शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत मुुसेइडले सापकोटालाई सभामूखमा निर्वाचित भएकोमा बधाई ज्ञापनगर्दै सफल कार्यकालको शुुभकामना व्यक्त गरे ।

सभामुख सापकोटाले साउदी अरेवियासंग नेपालको ४३ बर्षदेखि सुुमधुुर सम्बन्ध रहेको स्मरण गर्दै भेटले सम्बन्धलाई नयाँ उचाईमा पुुर्याएको बताए ।

उनले सच्चा मित्रको चिनारी दुुःखका बेलामा हुने बताउँदै २०७२ सालको बिनासकारी भूूकम्प पछि साउदी सरकारले गरेको सहयोग सँधै स्मरणीय रहने चर्चा गरे ।

सभामुुख सापकोटाले साउदी अरब विकास कोषबाट नेपालका विभिन्न क्षेत्रमा प्राप्त सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी रहने विश्वास व्यक्त गरे ।

उनले तीनलाख हाराहारी नेपाली श्रमिकलाई रोजगारी र नेपाली हजयात्रीकालागि साउदीले गरेको सहयोगकालागि धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ३ : ३२ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट