कोरोना संक्रमण : २४ घण्टामा ७६ हजार बढी संक्रमित ४ हजार ८८३ को मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमण : २४ घण्टामा ७६ हजार बढी संक्रमित ४ हजार ८८३ को मृत्यु


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हिजोको तुलनामा बढेको छ । वितेको २४ घण्टामा ७६ हजार ८ सय ३४ नयाँ संक्रमित फेला परेका छन् भने ४ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ ।

हिजो ७३ हजार ६ सय १७ जना नयाँ संक्रमित फेला परेका थिए । त्यस्तै ४ हनार ५ सय ३५ जनाले ज्यान गुमाएका थिए ।

योसँगै कोरोना भाइरसको संक्रमण विश्वका २०३ देशका ९ लाख ३५ हजार १ सय ८९ नागरिकमा पुगेको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७ हजार १ सय ९२ पुगेको छ ।

संक्रमितमध्ये १ लाख ९३ हजार ९ सय ८९ जनाले स्वास्थ्य उपचार गराई घर फर्केका छन् । अहिले ६ लाख ९४ हजार ८ जना विश्वका विभिन्न अस्पताल, आइशोलेसन, क्वारेन्टाइनमा उपचाररत छन् ।

जसमध्ये ३५ हजार ४ सय ७४ जनाको अवस्था गम्भीर छ ।

कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा छ । जहाँ २ लाख १५ हजार ३ जना संक्रमित हुँदा ५ हजार १ सय २ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै मृत्यु इटालीमा सबैभन्दा बढी छ । १ लाख १० हजार ५ सय ७४ जना संक्रमित हुँदा इटालीमा १३ हजार १ सय ५५ जनाले ज्यान गुमाएका छन् । स्पेनमा १ लाख ४ हजार १ सय १८ संक्रमित हुँदा ९ हजार ३ सय ८७ जनाले ज्यान गुमाएका छन् ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको नयाँ संक्रमण अहिले (बितेको २४ घण्टा) चीनमा देखिएको छैन ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ६ : ३७ बजे

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सा – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा