सीमामा अलपत्र १० दिनकी सुत्केरीको उद्धार | Khabarhub Khabarhub

सीमामा अलपत्र १० दिनकी सुत्केरीको उद्धार


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रूपन्देहीको सीमावर्ती बजार भारतको सुनौली नाकामा अलपत्र परेकी १० दिनकी सुत्केरीको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको पहलमा उद्दार गरिएको छ।

दुवै देशमा लकडाउन भएपछि रुपन्देहीको मंगलापुरकी लक्ष्मी रियार भारतबाट स्वदेश फर्कने क्रममा सीमा नाकामा अलपत्र परेकी थिइन्।

भारतको दिल्लीस्थित गाजियावादमा सुत्केरी भएकी लक्ष्मी ३ दिनदेखि नेपाल–भारत सीमाको बेलहिया नाकामा अलपत्र परेकी थिइन्।

सीमामा अलपत्र परेपनि २ दिनसम्म स्थानीय प्रशासन र प्रदेश सरकारले चासो देखाएका थिएनन्।

सीमामा १० दिनकी सुत्केरी अलपत्र परेको थाहा पाएपछि तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बिहानैदेखि उद्दारको पहल गरेका थिए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तसँगको समन्वयमा सुत्केरी महिलाको उद्दार गरिएको नगरप्रमुख घिमिरेले बताए।

लकडाउनका बीच आफ्नो देश फर्किन आएका नेपालीसँगै आएकी लक्ष्मीलाई पनि सुरक्षाकर्मीले सीमा पार गरेर नेपाल आउन दिएका थिएनन्।

लक्ष्मी भारतको गाजियावादबाट पैदल र बस यात्रा गर्दै सुनौलीसम्म आइपुगेकी हुन्। उनी दुईदिन भारतीय बजार सुनौलीको सडक पेटीमै सुतेकी थिइन् ।

दुई र तीन वर्षे अरू दुई छोरीसहित श्रीमान् मनोजको पनि उद्दार भएको छ। तिलोत्तमा नगरपालिकाले लक्ष्मीको परिवारलाई उद्दार गरी एम्बुलेन्समा राखेर शंकरनगरस्थित दुर्गादत्त माविको क्वारेन्टाइनमा ल्याएको छ।

उनको परिवारका पाँचैजनालाई १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाइने नगरप्रमुख घिमिरेले बताए। उनलाई छुट्टै कोठा र खानपिनको पनि व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ७ : १६ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध