उत्तर कोरियाद्वारा 'कोरोना भाइरस फ्रि' भएको घोषणा | Khabarhub Khabarhub

उत्तर कोरियाद्वारा ‘कोरोना भाइरस फ्रि’ भएको घोषणा


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरिया-  उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एक जना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ ।

विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नभएको बताएको हो ।

उत्तर कोरियाका एकजना स्वास्थ्य अधिकारीले सो जानकारी दिएका हुन् । उनले आफ्नो देशमा आजसम्म कोही पनि यसका सङ्क्रमित नभेटिएको बताएका हुन् ।

तर पनि उत्तर कोरियाले आफ्नो देशमा यसका विरामीहरु भेटिएपनि बाहिर नभनेको बताउने गरेका छन् । यसका कारण उत्तर कोरियाको आलोचना पनि हुने गरेको बताइएको छ ।

तर उत्तर कोरियाले छिमेकी चीनमा गत जनवरीमा कोरोना भाइरसको प्रकोप बढेको समाचारआएपछि आफ्ना सबै सीमाहरु बन्द गरेको थियो । सीमा बन्द गरेर देशभित्र पनि यसबाट बच्ने उपायका बारेमा कडा कानूनहरु लागू गरेको बताइएको छ ।

उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले उत्तर कोरियाले अपनाएका कडा कानून र मापदण्डका कारण उत्तर कोरिया यो सङ्क्रमणबाट बच्न सफल भएको बताए ।

उनले आफ्नो देशमा सीमा बन्द, विदेशबाट आउने सबैजनालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, हरेक नागरिकको निगरानी गरेर राज्यले नै उपचार गर्नेजस्ता कार्यहरु गरेका कारण पनि यो महामारी फैलिन नपाएको जानकारी दिएका छन् ।

तर दक्षिण कोरियामा रहेका एकजना अमेरिकी सैन्य कमाण्डर जनरल रोबर्ट अब्रामले भने आफूले उत्तर कोरियामा कोरोना भाइरसको एक विरामी भएको थाहा पाएको बताएका छन् । गत महिना आफूले यस्तो समाचार थाहा पाएको उनको भनाइ थियो ।

दक्षिण कोरियासँगको सीमा क्षेत्रमा यसका एकजना संक्रमित रहेको आफूले थाहा पाएको उनले बताएका थिए । त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘उत्तर कोरियामा केही न केही भएको’ बताएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ५ : ४२ बजे

मेलम्ची खानेपानी वितरण बन्द

काठमाडौं– उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी

स्पेनिस ला लिगा : उपाधि नजिक बार्सिलोना

काठमाडौं – एक गोलले पछि परेको बार्सिलोनाले रियल भालाडोलिडमाथि २-१

बाढीपहिरो पीडितलाई अस्थायी आवास अनुदान वितरण सुरु

काभ्रे– २०८१ साल असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोपीडितलाई अस्थायी

मुस्ताङमा चार महिनामा ५१ हजार बढी विदेशी पर्यटक भित्रिए 

मुस्ताङ– मुस्ताङमा सन् २०२५ को चार महिना ५१ हजार ८९६

अस्ट्रेलियामा अल्बानेजको जित एन्टी ट्रम्प फ्याक्टर

अस्ट्रेलिया – अस्ट्रेलियामा सम्पन्न निर्वाचनमा एन्थोनी अल्बानेजको जितलाई डोनाल्ड एन्टी