नेपालमा कोरोना संक्रमण : महिला भन्दा पुरुष धरै, स्वास्थ्य अवस्था सामान्य | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमण : महिला भन्दा पुरुष धरै, स्वास्थ्य अवस्था सामान्य


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना संक्रमित महिला भन्दा पुरुष बढी रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार ५९ जना कोरोना संक्रमित मध्ये ४९ जना पुरुष र १० जना महिला रहेका छन् । यी मध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।

४३ जना जना कोरोना संक्रमित मध्ये विराटनगरमा ३१, विरगञ्जमा ८, रुपन्देहीमा एकजना, धनगढीमा एकजना,भरतपुरमा एकजना चिकित्सकको निगरानीमा आइसोलेसनमा रहेका छन् । अस्पतालमा रहेका ४३ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा देवकोटाले बताए ।

प्रवक्ता देवकोटाका अनुसार हालसम्म पिसीआर विधिबाट १३ हजार ९८ जनाको परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ४८ हजार ५ सय २९ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै गत २४ घण्टामा १२ सय ५२ वटा नमूना परीक्षण गरिएको छ । कोरोना संक्रमित तथा आशंका गरिएका व्यक्तिहरु देशभर ८९ जना आइसोलेसनमा रहेका छन् भने देशभरका क्वारेन्टाइनमा २२ हजार ९ सय ७८ जना रहेका छन् ।

डा देवकोटाका अनुसार विराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पनि पिसिआर विधिबाट कोरोना परीक्षण सुरु भएको छ । यो सँगै हाल देभरका १७ स्थानमा पिसिआर विधिबाट कोरोना परीक्षण शुरु भएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ४ : ५० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड