फुटबलमा मात्रै होइन, क्रिकेटमा पनि रंगभेद हुन्छ – क्रिस गेल « Khabarhub

फुटबलमा मात्रै होइन, क्रिकेटमा पनि रंगभेद हुन्छ – क्रिस गेल


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – क्यारेबियन टोली वेस्ट ईन्डिजको ब्याट्सम्यान क्रिस गेलले क्रिकेटमा समेत रंगभेद हुने गरेको बताएका छन् ।

अमेरिकामा एक अश्वेत नागरिकको प्रहरी कारबाहीमा निधन भएपछि विश्वभर उक्त घटनाको विरोध भइरहेको छ ।

अफ्रिकी मुलका ४६ बर्षिय जर्ज फ्लोयडको निधनपछि अमेरिकामा मानिसहरु आन्दोलित भएका छन् ।

घटनाले उग्र रुप लिएपछि अमेरिकामा दननौं शहरहरुमा कफ्र्यु लगाइएको छ भने राष्ट्रपति डोनाल्ट ट्रम्पले आन्दोलन सेना परिचालन गर्ने घोषणा गरिसकेका छन् ।

फ्लोयडको निधनको विश्वभर विभिन्न क्षेत्रकाव्यक्तिहरुले विरोध गरिरहका छन् ।

युरोपियन फुटबल क्लब र खेलाडीहरुले रंगभेदविरुद्ध अभिव्यक्ति दिएका छन् । सोही प्रशंगमा विष्फोटक ब्याट्सम्यान गेलले रंगभेदफुटबलमा मात्रै नभएर क्रिकेटमा पनि हुने गरेको बताएका हुन् ।

फ्लोयडको निधनपछि अमेरिकामा पुलिस र सरकारलाई अश्वेत विरोधी आरोप लागिरहेको छ ।

२५ मेमा मिनियापोलिसबाट सुरु भएको विरोध प्रर्दशन अमेरिकासहित विश्वभर यसको विरोध भइरहेको छ ।

उनले सामाजिक सञ्चाल ट्वीटरमा ट्वीट गर्दै आफ्नो विचार राखेका छन् ।

‘कोही अरु मानिसका जीवन जस्तै अश्वेत मानिसको जीवनले पनि अर्थ राख्छ । नश्लवादी मानिसलाई लाज लाग्नुपर्छ । मैले संसारभर यात्रा गरेको छु, मैले आफै नश्लीय टिप्पणीको अनुभव गरेको छु,’ गेलले लेखेका छन्, ‘किनकी म अश्वेत हुँ । खाली फुटबल मात्र होइन, क्रिकेट समेत यसबाट अछुतो छैन । अश्वेत टिमभित्र सधै निराशमात्र हुन्छ । अश्वेत शक्तिशाली हुन्छन्, मलाई गर्व छ ।’

खेलकुदमा समेत विभिन्न समयमा रंगभेदी टिप्पणी देखिने र सुनिने गरेको छ । युरोपको शीर्ष डिभिजनको फुटबलमै खेलाडीमाथि दर्शकले रंगभेदी टिप्पणी गर्ने गरेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १ : ५८ बजे

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६