सुशान्तले आत्महत्या गर्नुभन्दा पहिले गुगलमा के खोजे ? « Khabarhub

सुशान्तले आत्महत्या गर्नुभन्दा पहिले गुगलमा के खोजे ?


१८ असार २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यालाई लिएर प्रहरीले अनुसन्धान जारी राखेको छ । हालै सुशान्तको मोबाइलको प्राथमिक फरेन्सिक रिपोर्ट सार्वजनिक भएको छ ।

रिपोर्टलाई आधार मान्दा सुशान्त आफ्नो फिल्म करिअर र पब्लिक इमेजलाई लिएर निकै तनावमा थिए ।

भारतीय मिडियाले सूत्रको हवाला दिँदै लेखेका छन् कि, सुशान्तले आत्महत्या गर्नुभन्दा पहिले आफ्नै नाम सर्च गरेका थिए । त्यसपछि केही पेज खोलेर पढिसकेपछि बन्द गरिदिएका थिए ।

उनका नजिकका साथीले पनि प्रहरीलाई सुशान्त केही समयदेखि डिप्रेसनमा रहेको बताएका थिए । सुशान्तलाई लाग्ने गरेको थियो, केहीले आफ्नो इमेज र करिअर दुवै खराब गर्ने कोशिश गरिरहेका छन् ।

सामाजिक सञ्जालमा उनका बारेमा देखिएका खबरका बारेमा पनि सुशान्तले छलफल गर्ने गर्थे । उनले विकिपिडिया पनि चलाउने गरेको मिडियाले उल्लेख गरेका छन् ।

सुशान्तले ‘पानी’ फिल्ममा सुशान्तले अभिनय गर्ने भनिएको थियो । १ सय ५० करोड भारुमा बन्ने भनिएको यो फिल्म नबन्दै विवादमा आएको थियो । फिल्मको प्री प्रोडक्सन स्टेजमा झण्डै ५ करोड खर्च भएको थियो । पछि फिल्म बनेन ।

प्रहरीको अनुसन्धानमा देखिएको छ, सुशान्तलाई फिल्म ‘पीके’ का लागि ५ लाख अफर गरिएको थियो । तर, उनले राजकुमार हिरानीका कारण सो फिल्मबाट पारिश्रमिक लिएका थिएनन् ।

सुशान्तले गएको १४ जुनमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको आत्महत्यापछि बलिउडमा नेपोटिज्म र ग्रुपजिममाथि बहस भएको थियो । यो बहसले नेपाली फिल्म क्षेत्रलाई समेत प्रभावित पारेको थियो ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ९ : २२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र