सुशान्तले आत्महत्या गर्नुभन्दा पहिले गुगलमा के खोजे ? « Khabarhub

सुशान्तले आत्महत्या गर्नुभन्दा पहिले गुगलमा के खोजे ?


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यालाई लिएर प्रहरीले अनुसन्धान जारी राखेको छ । हालै सुशान्तको मोबाइलको प्राथमिक फरेन्सिक रिपोर्ट सार्वजनिक भएको छ ।

रिपोर्टलाई आधार मान्दा सुशान्त आफ्नो फिल्म करिअर र पब्लिक इमेजलाई लिएर निकै तनावमा थिए ।

भारतीय मिडियाले सूत्रको हवाला दिँदै लेखेका छन् कि, सुशान्तले आत्महत्या गर्नुभन्दा पहिले आफ्नै नाम सर्च गरेका थिए । त्यसपछि केही पेज खोलेर पढिसकेपछि बन्द गरिदिएका थिए ।

उनका नजिकका साथीले पनि प्रहरीलाई सुशान्त केही समयदेखि डिप्रेसनमा रहेको बताएका थिए । सुशान्तलाई लाग्ने गरेको थियो, केहीले आफ्नो इमेज र करिअर दुवै खराब गर्ने कोशिश गरिरहेका छन् ।

सामाजिक सञ्जालमा उनका बारेमा देखिएका खबरका बारेमा पनि सुशान्तले छलफल गर्ने गर्थे । उनले विकिपिडिया पनि चलाउने गरेको मिडियाले उल्लेख गरेका छन् ।

सुशान्तले ‘पानी’ फिल्ममा सुशान्तले अभिनय गर्ने भनिएको थियो । १ सय ५० करोड भारुमा बन्ने भनिएको यो फिल्म नबन्दै विवादमा आएको थियो । फिल्मको प्री प्रोडक्सन स्टेजमा झण्डै ५ करोड खर्च भएको थियो । पछि फिल्म बनेन ।

प्रहरीको अनुसन्धानमा देखिएको छ, सुशान्तलाई फिल्म ‘पीके’ का लागि ५ लाख अफर गरिएको थियो । तर, उनले राजकुमार हिरानीका कारण सो फिल्मबाट पारिश्रमिक लिएका थिएनन् ।

सुशान्तले गएको १४ जुनमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको आत्महत्यापछि बलिउडमा नेपोटिज्म र ग्रुपजिममाथि बहस भएको थियो । यो बहसले नेपाली फिल्म क्षेत्रलाई समेत प्रभावित पारेको थियो ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ९ : २२ बजे

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान

बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प

म्याग्दी — बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २ गते मंगलबार सन् २०२६