त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित शिशुको मृत्यु « Khabarhub

त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित शिशुको मृत्यु


१८ असार २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एकजना कोरोना संक्रमित शिशुको मृत्यु भएको छ ।

टिचिङ अस्पतालका कोरोना व्यवस्थापन समिति संयोजक डाक्टर सन्तकुमार दासले अस्पतालमा उपचारत ४६ दिनका शिशुको मृत्यु भएको खबरहबलाई बताए ।

डा दासका अनुसार उनमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको हिजो (बुधबार) साँझ मृत्यु भएको डा दासले जानकारी दिए ।

डा दासले भने ‘उहाँ ३ साता अघि अस्पताल भर्ना हुनुभएको थियो । जन्मेको ४५ दिनमा मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । हिजो(बुधबार) साँझ ४ बजेतिर मृत्यु भयो ।’

त्रिवि शिक्षण अस्पतालमा घाँटीको समस्या लिएर उपचारका लागि ३ साता अघि भर्ना भएका थिए । म्याग्दी घर भएका ती शिशुको घाँटीमा समस्या देखिएपछि शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्दा मंगलबार रिपोर्ट पोजेटिभ आएको थियो ।

शिशुको अवस्था जटिल भएपछि चिकित्सकहरुले कोरोनाको रिपोर्ट नआउँदै सोमबार आइसोलेसन विभागमा नै शिशुको घाँटीको शल्यक्रिया गरेका थिए । मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा नै राखिएको थियो ।

शिशुको हिजो बेलुका मृत्यु भएपछि शव व्यवस्थापन समेत गरिसकेको डा दासले जानकारी दिए ।

उनले भने, ‘हिजो नै मृत्यु भएकाले शिशुको शव व्यवस्थापन पनि भइसक्यो ।’

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  १ : २० बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम