त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित शिशुको मृत्यु « Khabarhub

त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित शिशुको मृत्यु


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एकजना कोरोना संक्रमित शिशुको मृत्यु भएको छ ।

टिचिङ अस्पतालका कोरोना व्यवस्थापन समिति संयोजक डाक्टर सन्तकुमार दासले अस्पतालमा उपचारत ४६ दिनका शिशुको मृत्यु भएको खबरहबलाई बताए ।

डा दासका अनुसार उनमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको हिजो (बुधबार) साँझ मृत्यु भएको डा दासले जानकारी दिए ।

डा दासले भने ‘उहाँ ३ साता अघि अस्पताल भर्ना हुनुभएको थियो । जन्मेको ४५ दिनमा मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । हिजो(बुधबार) साँझ ४ बजेतिर मृत्यु भयो ।’

त्रिवि शिक्षण अस्पतालमा घाँटीको समस्या लिएर उपचारका लागि ३ साता अघि भर्ना भएका थिए । म्याग्दी घर भएका ती शिशुको घाँटीमा समस्या देखिएपछि शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्दा मंगलबार रिपोर्ट पोजेटिभ आएको थियो ।

शिशुको अवस्था जटिल भएपछि चिकित्सकहरुले कोरोनाको रिपोर्ट नआउँदै सोमबार आइसोलेसन विभागमा नै शिशुको घाँटीको शल्यक्रिया गरेका थिए । मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा नै राखिएको थियो ।

शिशुको हिजो बेलुका मृत्यु भएपछि शव व्यवस्थापन समेत गरिसकेको डा दासले जानकारी दिए ।

उनले भने, ‘हिजो नै मृत्यु भएकाले शिशुको शव व्यवस्थापन पनि भइसक्यो ।’

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १ : २० बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६