कर्णाली, गण्डकी र सुदुरपश्चिम प्रदेशमा ४९ जना संक्रमित थपिए « Khabarhub

कर्णाली, गण्डकी र सुदुरपश्चिम प्रदेशमा ४९ जना संक्रमित थपिए


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली, गण्डकी र सुदुरपश्चि प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ति मार्फत कास्कीका एकजना र लमजुङका१६ जना गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पोजेटिभ आएको स्वास्थ्य निर्देशनालयले जनाएको हो । नयाँ थपिएका संक्रमितमध्ये एकजना महिला र अन्य १६ जना पुरुष रहेका छन् ।

१६ जना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ३१ जना पुगेको छ ।

कर्णाली प्रदेशमा थपिए ६ जना

कर्णाली प्रदेशमा पनि थप ६ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले विज्ञप्ति मार्फत कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा ५ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा एकजना गरी ६ जनामा कोरोना संक्रमण देखिएको हो ।

नयाँ थपिएका संक्रमितहरु सुर्खेतका ३ जना, दैलेखका एकजना, स्याङ्जाका एकजना र कालिकोटका एकजना रहेका छन् । उनीहरु मध्ये एकजना महिला र ५ जना पुरुष छन् ।

कर्णाली प्रदेशमा ६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ हजार ४७४ पुगेको छ ।

कर्णाली प्रदेशमा ४९ जना आजै डिस्चार्ज

कर्णाली प्रदेशमा ४९ जना कोरोना संक्रमित आजै डिस्चार्ज भएका छन् ।

लेकबेसी आइसोलेसन सेन्टर सुर्खेतबाट ३१ जना पुरुष र २ जना महिला सहित ३३ जना, गुर्भाकोट आइसोलेसन सेन्टर सुर्खेतबाट ९ जना पुरुष, सिम्ता आइसोलेसन सेन्टर सुर्खेतबाट ३ जना पुरुष, प्रदेश अस्पताल सुर्खेतबाट २ जना पुरुष र सालकोट आइसोलेसन सेन्टर सुर्खेतबाट २ जना पुरुष डिस्चार्ज भएका हुन् ।

योसँगै कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार १२७ पुगेको छ । यस्तै विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३४१ जना संक्रमित रहेका छन् ।

सेती अस्पतालको प्रयोगशालामा २६ जनाको रिपोर्ट पोजेटिभ

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

अस्पतालले एक विज्ञप्तिमार्फत पछिल्लो २४ घण्टामा २ सय ९ वटा नमूना परीक्षण गर्दा थप २६ जना नयाँ संक्रमित थपिएको जानकारी गराएको हो ।

नयाँ थपिएका संक्रमितहरु कैलालीका १७ जना, कंचनपुरका ३ जना र अछामका ६ जना रहेका छन् । उनीहरु मध्ये ७ वर्षकी बालिका सहित ८ जना महिला र ८ वर्षको बालक सहित १८ जना पुरुष रहेका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ३ : ४२ बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान