महानायक प्रकरणमा दीपाश्रीपछि निरुता सिंह विवादमा तानिएकी हुन् ? « Khabarhub

महानायक प्रकरणमा दीपाश्रीपछि निरुता सिंह विवादमा तानिएकी हुन् ?


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमाललाई महानायक मान्ने कि नमान्ने भन्नेमा लामो समयदेखि बहस भएर अब थामिएला जस्तो भएको थियो ।

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गरेपछि यो ठूलो बहसको विषय बन्यो ।

राजेश हमाल महानायक हुन् या होइनन् भन्नेमा बहस भयो । कतिले केही फिल्म हिट भएका आधारमा भुवन केसी महानायक भएको तर्क गरे । धेरै समर्थन भने राजेश हमालका पक्षमा देखियो ।

लामो समयको बहसपछि यो मुद्दा सेलाएको थियो । हमालका फ्यानले पनि दीपाश्रीलाई गाली गर्न छोडेका थिए ।

लगभग साम्य भएका बेलामा निरुता सिंहले भुवनलाई ‘मेरो सपनाको महानायक’ भनेपछि उनी विवादमा तानिएकी छिन् । हमालका फ्यानले निरुतालाई ट्रोलिङ गर्न थालेका छन् ।

निरुताले शनिवार राति एक स्टाटस लेख्दै भनेकी थिइन् – त्यो बेला मैले सपनामा सोचेकी थिइनँ कि, मेरो पहिलो चलचित्रमा नै मेरो सपनाको महानायकसँग् काम गर्न मौका पाउँछु भनेर ।

सपनाको ‘महानायक’ भन्दै भुवनलाई निरुताको समर्थन

निरुताको यो अभिव्यक्तिलाई लिएर कतिपयले राजेश हमाललाई ‘महानायक’ नमानेको भन्दै टिप्पणी गरेका छन् । बरु निरुताको अभिव्यक्ति अहिले भइरहेको भुवन–साम्राज्ञी विवादतर्फ केन्द्रित देखिन्थ्यो ।

निरुताले भनेकी थिइन् – म नयाँ कलाकारलाई जुन तरिकाले सहयोग गर्नुभयो, त्यो देखेर म उहाँको फ्यान भएँ ।

निरुता विवादमा आएपछि उनले यसबारेमा स्पष्ट पारेकी छिन् । उनले बुँदागत रुपमा स्पष्टीकरण दिँदै भनेकी छिन् – मैले कहाँ र कहिले यो लखेकी छु कि, मेरा लागि महानायक राजेश हमाल होइन, भुवन केसी हो भनेर ?

आफूले राजेश हमालले पनि फिल्म क्षेत्रमा पाइला नराखेको बेलाको कुरा गरेको उनले स्पष्ट पारेकी छिन् । ‘मैले मेरो स्टाटसमा आजको कुरा लेखेको होइन, मैले त्यो बेलाको कुरा लेखेको हो, जुन बेलामा राजेश दाइले पनि नेपाली चलचित्र जगतमा पाइला राख्नुभएको थिएन ।’

निरुताले आफ्ना लागि राजेश हमाल लगायत भुवन केसी, शिव श्रेष्ठ, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाह लगायत अग्रज कलाकारलाई महानायक मानेको बताएकी छिन् ।

यस्तो छ निरुताको भनाइ:

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  २ : ३० बजे

भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश

भोजपुर– साल्पासिलिछो गाउँपालिका-६ का निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण