महानायक प्रकरणमा दीपाश्रीपछि निरुता सिंह विवादमा तानिएकी हुन् ? « Khabarhub

महानायक प्रकरणमा दीपाश्रीपछि निरुता सिंह विवादमा तानिएकी हुन् ?


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमाललाई महानायक मान्ने कि नमान्ने भन्नेमा लामो समयदेखि बहस भएर अब थामिएला जस्तो भएको थियो ।

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गरेपछि यो ठूलो बहसको विषय बन्यो ।

राजेश हमाल महानायक हुन् या होइनन् भन्नेमा बहस भयो । कतिले केही फिल्म हिट भएका आधारमा भुवन केसी महानायक भएको तर्क गरे । धेरै समर्थन भने राजेश हमालका पक्षमा देखियो ।

लामो समयको बहसपछि यो मुद्दा सेलाएको थियो । हमालका फ्यानले पनि दीपाश्रीलाई गाली गर्न छोडेका थिए ।

लगभग साम्य भएका बेलामा निरुता सिंहले भुवनलाई ‘मेरो सपनाको महानायक’ भनेपछि उनी विवादमा तानिएकी छिन् । हमालका फ्यानले निरुतालाई ट्रोलिङ गर्न थालेका छन् ।

निरुताले शनिवार राति एक स्टाटस लेख्दै भनेकी थिइन् – त्यो बेला मैले सपनामा सोचेकी थिइनँ कि, मेरो पहिलो चलचित्रमा नै मेरो सपनाको महानायकसँग् काम गर्न मौका पाउँछु भनेर ।

सपनाको ‘महानायक’ भन्दै भुवनलाई निरुताको समर्थन

निरुताको यो अभिव्यक्तिलाई लिएर कतिपयले राजेश हमाललाई ‘महानायक’ नमानेको भन्दै टिप्पणी गरेका छन् । बरु निरुताको अभिव्यक्ति अहिले भइरहेको भुवन–साम्राज्ञी विवादतर्फ केन्द्रित देखिन्थ्यो ।

निरुताले भनेकी थिइन् – म नयाँ कलाकारलाई जुन तरिकाले सहयोग गर्नुभयो, त्यो देखेर म उहाँको फ्यान भएँ ।

निरुता विवादमा आएपछि उनले यसबारेमा स्पष्ट पारेकी छिन् । उनले बुँदागत रुपमा स्पष्टीकरण दिँदै भनेकी छिन् – मैले कहाँ र कहिले यो लखेकी छु कि, मेरा लागि महानायक राजेश हमाल होइन, भुवन केसी हो भनेर ?

आफूले राजेश हमालले पनि फिल्म क्षेत्रमा पाइला नराखेको बेलाको कुरा गरेको उनले स्पष्ट पारेकी छिन् । ‘मैले मेरो स्टाटसमा आजको कुरा लेखेको होइन, मैले त्यो बेलाको कुरा लेखेको हो, जुन बेलामा राजेश दाइले पनि नेपाली चलचित्र जगतमा पाइला राख्नुभएको थिएन ।’

निरुताले आफ्ना लागि राजेश हमाल लगायत भुवन केसी, शिव श्रेष्ठ, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाह लगायत अग्रज कलाकारलाई महानायक मानेको बताएकी छिन् ।

यस्तो छ निरुताको भनाइ:

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  २ : ३० बजे

अदालतको आदेशविपरीत हेटौँडा बजारमा किन चल्यो डोजर ?

काठमाडौं- शुक्रबार साँझ सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना

एनपीएल : टस जितेको पोखराले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं- कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा

अदानचुलीका सडक स्तरोन्नति गरिँदै

अदानचुली– अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागाडदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नति तथा

इयुमा पेट्रोल-डिजेल गाडी प्रतिबन्धबारे सदस्य राष्ट्रहरू विभाजित

एजेन्सी– युरोपको अटो उद्योग र त्यसका समर्थकहरू सन् २०३५ देखि

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौं–  काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी