भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६६ हजार नाघ्यो « Khabarhub

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६६ हजार नाघ्यो


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १०२५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६६ हजार ४९१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार यो समाचार तयार पार्दासम्म ७८ हजार १६९ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३७ लाख ७३ हजार ४८३ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २९ लाख २ हजार ९६ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ४ हजार ८९६ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ४ : ०२ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा