फ्रान्सका राष्ट्रपति म्याँक्रोन इराकमा, भ्रमण सम्बन्ध सुधारमा केन्द्रित « Khabarhub

फ्रान्सका राष्ट्रपति म्याँक्रोन इराकमा, भ्रमण सम्बन्ध सुधारमा केन्द्रित


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोन बुधबार इराकको राजधानी बग्दाद पुगेका छन् ।

लेबनानको दुई दिने भ्रमणपछि उनी इराक पुगेका हुन् । इराकमा गुप्तचर पूर्वप्रमुख मुस्ताफा अल कादिमी प्रधानमन्त्री भएपछि फ्रान्सबाट इराक पुगेकामध्ये म्याँक्रोन नै सबैभन्दा वरिष्ठ पदाधिकारी हुन् ।

इराकमा कादिमीको नेतृत्वमा गत मे महिनामा नयाँ सरकार गठन भएको हो ।  फ्रान्सेली राष्ट्रपति म्याँक्रोनले इराक भ्रमणका क्रममा इराकी राष्ट्रपति बर्हाम सलिह, प्रधानमन्त्री कादिमीलगायतका शीर्ष नेताहरुलाई भेट्ने अपेक्षा गरिएको छ ।

भेटवार्ताका क्रममा उनीहरूबीच आपसी सम्बन्ध, दुई पक्षीय सहकार्य, कोरोनाभाइरसको असर, आर्थिक संकट, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोलगायतका विषयमा छलफल हुने बताइएको छ ।

अल कादिमी नेतृत्वको सरकारलाई इराकमा संयुक्त राष्ट्रसंघले पनि समर्थन गरेको छ । तर अमेरिका र इराकका बीचमा भने तनाब थप बल्झिएको छ ।

इराकमा गत जनवरीमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अमेरिकी हवाई आक्रमणका क्रममा मृत्यु भएपछि दुई देशबीचको सम्वन्ध थप बिग्रिएको हो ।

फ्रान्सेली राष्ट्रपति म्याँक्रोनले अमेरिकासँगको सम्बन्ध सुधारका बारेमा पनि इराकी शीर्ष नेताहरुसँग छलफल गर्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ४ : ४९ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा