तयारीविना रेल मार्ग ठेक्कापट्टाको हतारो गर्नु अनुचित: रामचन्द्र पौडेल | Khabarhub Khabarhub

तयारीविना रेल मार्ग ठेक्कापट्टाको हतारो गर्नु अनुचित: रामचन्द्र पौडेल


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काकडभिट्टा–इनरुवा रेल मार्ग निर्माणमा सार्वजनिक रुपमा विभिन्न विषयहरु बाहिर आएको बताउँदै खुला प्रतिस्पर्धाविना निश्चित ठेकदारलाई लाभ हुने गरी हचुवाका भरमा ठेक्का दिनु गलत भएको बताएका छन् ।

उनले आज प्रेस विज्ञप्तिमार्फत परियोजना निर्माणस्थलको धरातल प्रष्ट नभइ सार्वजनिक खरिद ऐन को दफा ८, ९, १० र १५ तथा नियमावली (६) विपरित रेलमार्ग निर्माणका लागि खुला प्रतिस्पर्धा विना निश्चित ठेकदारलाई दिनु गलत भएको बताएका हुन् ।

राष्ट्रिय ढुकुटीबाट रेलमार्ग निर्माणका नाममा ३५ अर्ब रुपैयाँ हचुवाका भरमा खर्च गर्नु अनुचित भएको बताउँदै नेता पौडेलले रेलमार्गमा पर्ने बजारको व्यवस्थापन र उक्त क्षेत्रमा जनताले उपभोग गर्दै आएको जग्गाको मुआब्जा वितरण समेत नगरी रेलमार्ग निर्माणको प्रक्रिया थाल्नु सर्वथा गलत भएको उल्लेख गरेका छन् ।

नेता पौडेलले तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर त्यसबारे छानविन गर्न संसदीय लेखा समिति, विकास तथा प्रविधि समिति, नेपाल सरकार र अख्तियार दुरुपयोग अुनसन्धान आयोगलगायत सम्बद्ध न्यायिक निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ७ : १६ बजे

स्पेनिस ला लिगा : गिरोना र इस्प्यान्योलले खेले बराबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा गिरोना र इस्प्यान्योलले बराबरी खेलेका

ट्राफिक व्यवस्थापनमा सघाउँदै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि दुई हजार ५०० ट्राफिक

आर्थिक अभावले क्याम्पस सञ्चालन गर्न सकस

बागलुङ– विकट गाउँका विद्यार्थीलाई उच्च शिक्ष प्रदान गर्नका लागि स्थापना

बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरमा घाँसको समस्या

तनहुँ– तनहुँको बन्दीपुरमा रहेको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालयले २९ जिल्लामा

जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा पूर्ववत सेवा प्रवाह

दाङ– गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा