तयारीविना रेल मार्ग ठेक्कापट्टाको हतारो गर्नु अनुचित: रामचन्द्र पौडेल « Khabarhub

तयारीविना रेल मार्ग ठेक्कापट्टाको हतारो गर्नु अनुचित: रामचन्द्र पौडेल


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काकडभिट्टा–इनरुवा रेल मार्ग निर्माणमा सार्वजनिक रुपमा विभिन्न विषयहरु बाहिर आएको बताउँदै खुला प्रतिस्पर्धाविना निश्चित ठेकदारलाई लाभ हुने गरी हचुवाका भरमा ठेक्का दिनु गलत भएको बताएका छन् ।

उनले आज प्रेस विज्ञप्तिमार्फत परियोजना निर्माणस्थलको धरातल प्रष्ट नभइ सार्वजनिक खरिद ऐन को दफा ८, ९, १० र १५ तथा नियमावली (६) विपरित रेलमार्ग निर्माणका लागि खुला प्रतिस्पर्धा विना निश्चित ठेकदारलाई दिनु गलत भएको बताएका हुन् ।

राष्ट्रिय ढुकुटीबाट रेलमार्ग निर्माणका नाममा ३५ अर्ब रुपैयाँ हचुवाका भरमा खर्च गर्नु अनुचित भएको बताउँदै नेता पौडेलले रेलमार्गमा पर्ने बजारको व्यवस्थापन र उक्त क्षेत्रमा जनताले उपभोग गर्दै आएको जग्गाको मुआब्जा वितरण समेत नगरी रेलमार्ग निर्माणको प्रक्रिया थाल्नु सर्वथा गलत भएको उल्लेख गरेका छन् ।

नेता पौडेलले तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर त्यसबारे छानविन गर्न संसदीय लेखा समिति, विकास तथा प्रविधि समिति, नेपाल सरकार र अख्तियार दुरुपयोग अुनसन्धान आयोगलगायत सम्बद्ध न्यायिक निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ७ : १६ बजे

युक्रेनी आक्रमणपछि रूसमा इन्धन अभाव चर्कियो

मस्को- युक्रेनले रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएपछि रूसका

तीन प्रतिशत समता शिक्षा शुल्क अभिभावकमाथि नथोपर्न आग्रह

काठमाडौं- सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको तीन प्रतिशत समता शिक्षा

बाढीपहिरोका कारण छ मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

दाङ– तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक

काठमाडौं महानगरको आर्थिक ऐन कार्यान्वयनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना