शिक्षालाई राष्ट्रियकरण गर्ने अहिले उपयुक्त बेला: ऐन महर, रञ्जित भन्छन्- यो सरकारले गर्दैन | Khabarhub Khabarhub

शिक्षालाई राष्ट्रियकरण गर्ने अहिले उपयुक्त बेला: ऐन महर, रञ्जित भन्छन्- यो सरकारले गर्दैन


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अनेरास्ववियूका संयोजक ऐन महरले शिक्षालाई राष्ट्रियकरण गर्ने राज्यका लागि अहिले अवसर भएको बताएका छन् ।

रेडियो काठमाडौं ९२.१ मेगाहर्जमा युपी लामिछानेसँग कुरा गर्दै बुधबार संयोजक महरले भने अहिले कशिक्षालाई राष्ट्रियकरण गर्ने ठिक समय भएको बताए । उनले राज्यले विस्तारै नीजि विद्यालय सञ्चालकलाई क्षतिपूर्ति दिएर नीजि शैक्षिक स.स्थालाई राष्टिज्ञयकरण गर्नुपर्ने बताए ।

उनले भने, “शिक्षालाई राष्ट्रियकरण गर्न यो राज्यका लागि अवसर पनि हो । मलाई लाग्छ परिस्थिति त्यहाँ पुग्छ । कोभिड १९ १,२ महिनामा टुंगिने अवस्था छैन । २ वर्षसम्म कोरोनासँग पौंठेजोरी खेल्नुपर्ने अवस्था हुनसक्छ भनेर विश्व स्वास्थ्य संगठनले भनेको छ । त्यसैले यो अवस्था बुझेर अघि बढ्यौं भने हामी ठिक ठाउँमा पुग्छौं ।”

त्यस्तै, संयोजक महरले १२ कक्षाका परीक्षा जसरी पनि गर्नुपर्ने बताए । विशवविद्यालयका रोकिएका परिक्षा सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

यसैबीच, अनेरास्ववियूका सहअध्यक्ष रञ्जित तामाङले यो सरकारले शिक्षा रािष्ट्रयकरण नगर्ने बताए ।

शिक्षाको राष्ट्रियकरण गर्नुहुँदैन भन्नेहरुको ठूलो संख्या नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा भएकाले यो सरकारबाट त्यस्तो अपेक्षा गर्न नसकिने उनको भनाइ थियो ।

रेडियो काठमाडौंको सोही कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् ।

“शिक्षमा राष्ट्रियकरणको त कुरा छाड्दिनुस्, यो सरकारले सामान्य सुधार पनि गर्न सकेन,” उनले भने, “ शिक्षा राष्ट्रिय राष्ट्रियकरण गर्नुहुँदैन भन्ने आज सबैभन्दा ठूलो जनशक्ति नै नेकपामा छ । शिक्षामा राष्ट्रियकरणको पक्षमा मन्त्रीहरु छैनन् ,” सहअध्यक्ष तामाङले भने ।

उनले यो सरकारले शिक्षामा कायाकल्प गर्ने भन्दै उच्चस्तरीय शिक्षा आयोगको राष्ट्रिय सम्मेलन गरेपनि त्यसको प्रतिवेदन अहिलेसम्म थन्काएर राखेको बताए ।

सार्वजनिक शिक्षाको स्तरोन्नती र राष्ट्रियकरण र दुई प्रकारको शिक्षा प्रणाली अन्त्य गर्ने आशा यो सरकारबाट पूरा नहुने तामाङको भनाइ छ ।

शिक्ष क्षेत्रमा २० प्रतिशत भन्दा कम बजेट सरकारले छुट्याएको पनि उनले बताए । प्रधानमन्त्रीदेखि मन्त्री र नेकपाकै धेरै सांसदका नीजि कलेजहरु रहेको पनि उनले बताए ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ७ : २३ बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना