शिक्षालाई राष्ट्रियकरण गर्ने अहिले उपयुक्त बेला: ऐन महर, रञ्जित भन्छन्- यो सरकारले गर्दैन « Khabarhub

शिक्षालाई राष्ट्रियकरण गर्ने अहिले उपयुक्त बेला: ऐन महर, रञ्जित भन्छन्- यो सरकारले गर्दैन


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अनेरास्ववियूका संयोजक ऐन महरले शिक्षालाई राष्ट्रियकरण गर्ने राज्यका लागि अहिले अवसर भएको बताएका छन् ।

रेडियो काठमाडौं ९२.१ मेगाहर्जमा युपी लामिछानेसँग कुरा गर्दै बुधबार संयोजक महरले भने अहिले कशिक्षालाई राष्ट्रियकरण गर्ने ठिक समय भएको बताए । उनले राज्यले विस्तारै नीजि विद्यालय सञ्चालकलाई क्षतिपूर्ति दिएर नीजि शैक्षिक स.स्थालाई राष्टिज्ञयकरण गर्नुपर्ने बताए ।

उनले भने, “शिक्षालाई राष्ट्रियकरण गर्न यो राज्यका लागि अवसर पनि हो । मलाई लाग्छ परिस्थिति त्यहाँ पुग्छ । कोभिड १९ १,२ महिनामा टुंगिने अवस्था छैन । २ वर्षसम्म कोरोनासँग पौंठेजोरी खेल्नुपर्ने अवस्था हुनसक्छ भनेर विश्व स्वास्थ्य संगठनले भनेको छ । त्यसैले यो अवस्था बुझेर अघि बढ्यौं भने हामी ठिक ठाउँमा पुग्छौं ।”

त्यस्तै, संयोजक महरले १२ कक्षाका परीक्षा जसरी पनि गर्नुपर्ने बताए । विशवविद्यालयका रोकिएका परिक्षा सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

यसैबीच, अनेरास्ववियूका सहअध्यक्ष रञ्जित तामाङले यो सरकारले शिक्षा रािष्ट्रयकरण नगर्ने बताए ।

शिक्षाको राष्ट्रियकरण गर्नुहुँदैन भन्नेहरुको ठूलो संख्या नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा भएकाले यो सरकारबाट त्यस्तो अपेक्षा गर्न नसकिने उनको भनाइ थियो ।

रेडियो काठमाडौंको सोही कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् ।

“शिक्षमा राष्ट्रियकरणको त कुरा छाड्दिनुस्, यो सरकारले सामान्य सुधार पनि गर्न सकेन,” उनले भने, “ शिक्षा राष्ट्रिय राष्ट्रियकरण गर्नुहुँदैन भन्ने आज सबैभन्दा ठूलो जनशक्ति नै नेकपामा छ । शिक्षामा राष्ट्रियकरणको पक्षमा मन्त्रीहरु छैनन् ,” सहअध्यक्ष तामाङले भने ।

उनले यो सरकारले शिक्षामा कायाकल्प गर्ने भन्दै उच्चस्तरीय शिक्षा आयोगको राष्ट्रिय सम्मेलन गरेपनि त्यसको प्रतिवेदन अहिलेसम्म थन्काएर राखेको बताए ।

सार्वजनिक शिक्षाको स्तरोन्नती र राष्ट्रियकरण र दुई प्रकारको शिक्षा प्रणाली अन्त्य गर्ने आशा यो सरकारबाट पूरा नहुने तामाङको भनाइ छ ।

शिक्ष क्षेत्रमा २० प्रतिशत भन्दा कम बजेट सरकारले छुट्याएको पनि उनले बताए । प्रधानमन्त्रीदेखि मन्त्री र नेकपाकै धेरै सांसदका नीजि कलेजहरु रहेको पनि उनले बताए ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ७ : २३ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग