ओली–दाहाल भेटवार्ता :राष्ट्रियसभामा गौतम कि खतिवडा भन्ने विषयमा जुटेन सहमति | Khabarhub Khabarhub

ओली–दाहाल भेटवार्ता :राष्ट्रियसभामा गौतम कि खतिवडा भन्ने विषयमा जुटेन सहमति


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार बेलुकी भेटवार्ता भएको छ।

पार्टीको सचिवालय बैठकको अघिल्लो दिन आज दुई अध्यक्षबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार राष्ट्रियसभामा रिक्त एक सदस्यमा कसलाई पठाउने भन्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको थियो।

उपाध्यक्ष वामदेव गौतम वा डा. युवराज खतिवडा कसलाई राष्ट्रियसभामा पठाउने भन्ने विषयमा दुई अध्यक्षबीच छलफल भए पनि सहमति भने हुन सकेन्।

भेटमा ओलीले अहिले डा. खतिवडालाई नै निरन्तरता दिनु पर्ने प्रस्ताव प्रचण्डसामु राखेको प्रचण्डनिकट एक नेताले बताए ।

‘तर, प्रचण्डले यो कुरा मान्नु भएन । फेरि उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभामा जाने इच्छा राखिसकेपछि यो प्रस्ताव मान्ने कुरा पनि त भएन,’ ती नेताले भने, ‘त्यसमाथि गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय यसअघि नै भइसकेको थियो । त्यो निर्णय अब कार्यान्वयन गर्नुको विकल्प छैन ।’

दुई अध्यक्षको कुरा नमिलेपछि बिहीबार बस्ने पार्टीको सचिवालय बैठकले यस बारेमा टुंगो लगाउने बुझिएको छ।

नेकपा उपाध्यक्ष गौतमले राष्ट्रिय सभामा जाने बताएपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन्। ओली भने खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन्।

पार्टी अरु नेताहरुले पनि यसअघि सचिवालय बैठकले नै गौतमलाई राष्ट्रिय सभामा लैजाने भनी गरेको निर्णय कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन्।

आजको भेटवार्तामा कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा पनि छलफल भएको छ। नेकपा सचिवालय बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १० : २६ बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना