वालुवाटारबाट प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच गोप्य वार्ता | Khabarhub Khabarhub

वालुवाटारबाट प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच गोप्य वार्ता


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षय केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच बालुवाटारमा गोप्य भेटवार्ता भएको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटेर फर्किए लगत्तदै उपाध्यक्ष गौतमले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई बालुवाटारमै भेटेका हुन् ।

अध्यक्ष ओलीले बालुवटार बोलाएपछि उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका थिए । ओली र गौतमबीच एक घण्टा कुराकानी भएको गौतमका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए ।

गौतमले राष्ट्रियसभामा जाने बताएपछि प्रधानमन्त्री ओलीले उनलाई फकाउन वालुवाटार बोलाएको स्रोतको बताएको छ ।

ओलीले गौतमलाई राष्ट्रिय सभामा जाने कुरा छाड्न र प्रतिनिधिसभामै चुनाव लड्न आग्रह गरेपनि गौतमले आफू राष्ट्रियसभामा जान तयार रहेको र पूर्व निर्णय मान्नुपर्ने बताउँदै आएका छन् ।

गत १४ फागुनको सचिवालय बैठकले खतिवडाको ठाउँमा गौतमलाई मनोनित गर्ने निर्णय गरेको थियो। सचिवालयको निर्णय विपरीत प्रधानन्त्री ओलीले अडान लिएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो।

तर, अहिले विवाद समाधान सुझाव प्रस्तुत गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदन अध्यक्षद्वय ओली र दाहाललाई बुझाइएको छ।व

विहीबार बस्ने सचिवालय बैठकमा प्रतिवेदनमाथि छलफल हुनेछ । राष्ट्रियसभामा कसलाई पठाउने भन्ने विषयमा पनि ठोस निर्णय हुने बुझिएको छ ।

गएको २० फागुनमै राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यअवधि सकिएको भए पनि खतिवडा अहिले अर्थ र सूचना, प्रविधि एवम् सञ्चार मन्त्री छन्। तर, खतिवडालाई राष्ट्रियसभामा पुनः मनोनित नगरे उनको पद स्वतः जानेछ।

संविधानको धारा ७८ को उपधारा १ बमोजिम खतिवडा गैह्र सांसदका रुपमा मन्त्री बनेका थिए।

संघीय संसदको सदस्य नरहे पनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधान अनुरुप खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिइएको थियो।

सोही समयदेखि उक्त पद खाली रहेको छ। भदौ २० गतेपछि अर्थमन्त्रीकै रुपमा निरन्तरता पाउन खतिवडालाई राष्ट्रियसभाको सांसदमा पुनः नियुक्ति गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ११ : ०७ बजे

अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालय बन्द

वीरगञ्ज– अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द

कृषिको आधुनिकीकरणका लागि सरकार लागिपरेको छ : मन्त्री अधिकारी

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो,

साफ यू -१७ : श्रीलंकामाथि नेपालको फराकिलो जित

काठमाडौं – साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत  नेपालले श्रीलंकाविरुद्ध फराकिलो

चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको आलोचना

एजेन्सी– वासिङ्टनले चिनियाँ र रूसी प्रविधि प्रयोग गरी सवारी साधनको

फिल्म ‘तेल भिसा’को डबिङ गर्दै विपिन

काठमाडौं- अभिनेता विपिन कार्की फिल्म ‘तेल भिसा’को डबिङमा सहभागी भएका