क्रिकेट खेलाडी वर्गिकरणमा राखेपको चासो, माग्यो स्पष्टीकरण « Khabarhub

क्रिकेट खेलाडी वर्गिकरणमा राखेपको चासो, माग्यो स्पष्टीकरण


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यानले २०२० का लागि गरेको खेलाडी वर्गिकरणमा चासो देखाएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै राखेपले क्यानलाई खेलाडी वर्गिकरणमा देखिएको समस्याबारे स्पष्टीकरण माग गरेको छ ।

राखेपले नेपाल क्रिकेट खेलाडी संघ –सिप्यान) र क्रिकेट खेलाडीको निवेदनको सुनुवाइका रुपमा क्यानलाई किन खेलाडीको वर्गिकरणमा परेनन् र किन तलमाथि भए कारणसहित ७ दिनभत्र प्रष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)र विभिन्न क्रिकेट खेलाडीले क्यानको वर्गिकरण चित्त बुझ्दो नभएको भनी राखेपमा निवेदन दर्ता गराएको सम्बन्धमा राखेपको गम्भीर ध्यानाकर्षण भएको छ । क्रिकेट खेलाडीहरुको वर्गीकरणको आधार र वर्गिकरणमा नपर्नका कारण समेत राखेपमा ७ दिन भित्र स्ष्टीकरण पेश गर्न निर्देशन दिइएको व्यहोराको पत्र क्यानका अध्यक्ष र सचिवलाई इमेल मार्फत पठाइएको छ।’

क्यानले भने बिहीबार मात्रै यसअघि गरिएको खेलाडी वर्गिकरण सच्याइने बताइसकेको छ ।

क्यान अध्यक्ष चतुर बहादुर चन्दले जारी गरेको विज्ञप्तीमा राष्ट्रिय टीम बर्गिकरण समितिका संयोजक रोशन सिंहसहितको टिमलाई खेलाडी, प्रशिक्षकहरुसँगको छलफल गरि पुन बर्गिकरण निर्धारण गर्न निर्देशन दिएको छ ।

क्यानले अब बस्ने बोर्ड बैठक अगाडि नयाँ वर्गिकरण ल्याउन निर्देशन दिएको छ । क्यानले १८ जना पुरुष खेलाडी र १९ जना महिला खेलाडीलाई वर्गिकरणमा समावेश गरेको थियो ।

जसलाई ए, बी र सी श्रेणीमा छुट्याइएको थियो । क्यानले खेलाडीको तलबसमेत निर्धारण गरेको थियो । जसमा पुरुष तर्फ ए, बी र सी तहका खेलाडीले क्रमशः ५० हजार, ४०  हजार र ३० हजार दिने निर्णय गरेको थियो ।

यस्तै, महिला तर्फ ए, बी र सी तहका खेलाडीले क्रमशः १५ हजार, १२ हजार र १० हजार तोकेको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ११ : ३१ बजे

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

कास्की– पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि २०३० सालमा

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको

हिट फिल्मको सिक्वेल छोडेर ‘रोल नम्बर १’ गर्ने मुकुन

काठमाडौँ- शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नम्बर १’को स्लोगान

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक