ओली-प्रचण्ड वार्ता : शनिबार सचिवालय बैठक बोलाउने निर्णय « Khabarhub

ओली-प्रचण्ड वार्ता : शनिबार सचिवालय बैठक बोलाउने निर्णय


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्तामा शनिबार सचिवालय बैठक बोलाउने निर्णय भएको छ ।

शुक्रबार झण्डै पौने घण्टा भएको वार्तामा मन्त्रिमण्डल पुनर्गठन र राजदूत नियुक्तिबारे कुराकानी भएको थियो ।

अध्यक्ष प्रचण्डले पार्टीमा छलफल नै नगरी राजदूत नियुक्ति गर्न सिफरिस गरेपछि पार्टीमा असन्तुष्टि बढ्न पुगेको भन्दै ओलीको ध्यानाकर्षण गराएका थिए ।

पार्टीभित्र अनसन्तुष्टि बढेपछि शनिबारलाई सचिवालय बैठक बोलाउने र समग्र विषयमा सोही बैठकमा छलफल गर्ने अध्यक्षद्वयबीच समझदारी भएको छ ।

सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल हुने एक नेताले बताए ।

मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला सरकारले पार्टीसँग छलफल र परामर्श नै नगरी तीन देशका राजदुत नियुक्तिका लागि सिफरिस र मुख्यसचिव नियुक्त गरेपछि नेकपामा फेरि खटपट सुरु भएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १२ : ०४ बजे

फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ काे मैदानबाट ४४ वटा

सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा– समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

बस्ती जोगाउन तटबन्ध निर्माण

पाँचथर– पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला