धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा « Khabarhub

धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीले चाडपर्वलाई लक्षित गरी धनगढीमा बिहीबारबाट मङ्सिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

उपभोक्तालाई राहत उपलब्ध गराउने उद्देश्यले दशैँ तिहारलगायतका पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिए ।

सुपथ मूल्य पसलबाट चिनी, नुन, चामल, साबुन र स्यानिटाइजरलगायतका सामग्री बिक्री गरिने नायब महाप्रबन्धक पाण्डेले बताए । “पसलमा चिनी प्रतिकिलो रु ७० र नुन प्रतिकिलो रु १८ मूल्य निर्धारण गरेका छौँ”, उनले भने, बाहिरको दरभन्दा चिनी प्रतिकिलोमा रु १० र नुन प्रतिकिलोमा रु दुई छुट गरिएको छ ।”

त्यसैगरी साबुन एउटाको रु पाँच र स्यानिटाइजरमा रु १० छुट गरिएको बताइएको छ । सुपथ मूल्य पसलबाट उपभोक्ताले प्रतिव्यक्ति चार किलोसम्म खरिद गर्न पाइने व्यवस्था रहेको छ । चामल भने खाद्य संस्थानले राख्ने भनिएको छ ।

“साल्ट ट्रेडिङको अहिले सबै कारोवार अनलाइन विलिङ सिस्टम छ तर पहाडी क्षेत्रमा उक्त सिस्टम नभएकाले अहिले खोल्न सकिने अवस्था छैन”, नायब महाप्रबन्धक पाण्डेले भने, “विगतमा जबसम्म अनलाइन विलिङ सिस्टम थिएन त्यो बेलामा कैलालीको टीकापुर, कञ्चनपुरको बेलौरी, महेन्द्रनगर र पहाडी जिल्लामा बैतडी, डडेल्धुरा, दीपायललगायतका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको थियो र अहिले अनलाइन बिलिङ भएपछि अन्य स्थानमा रोकिएको छ ।”

स्थानीय निकायले साल्ट ट्रेडिङसँग समन्वय गरेर सुपथ मूल्य पसल राख्न चाहेमा कर्पोरेसन सामान उपलब्ध गराउन तयार रहेको पाण्डेको भनाइ थियो ।

यस पटक सुपथ मुख्य पसलमा कुनै उत्पादनकर्ताले आफ्नो सामान बिक्री गर्न चाहेमा उक्त वस्तु साल्ट ट्रेडिङले खरिद गरेर उपभोक्तालाई बिक्री गर्न सकिने थप व्यवस्था मिलाइएको कर्पोरेसन क्षेत्रीय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १२ : २५ बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ

मिन आङ ह्लाइङ राष्ट्रपति बन्ने मार्गमा

एजेन्सी– म्यान्माको सैनिक शासन थप मजबुत हुने संकेत देखिँदै गएको

आगलागीबाट साढे दुई लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं– कैलालीको गौरीगंगा नगरपालिका-८ मसुरिया बस्ने गंगाराम भण्डारीको घरमा मंगलबार बिहान आगलागी

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

इलाम– ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देउमाई नगरपालिका-३ सुर्के बस्ने

दक्षिण लेबनानमा चार इजरायली सैनिक मारिए

काठमाडौं – दक्षिण लेबनानमा भएको संघर्षमा इजरायलका चार सैनिक मारिएका