कोरोना संक्रमण उच्च रहेका देशको सूचीमा नेपाल ४६ औँ स्थानमा « Khabarhub

कोरोना संक्रमण उच्च रहेका देशको सूचीमा नेपाल ४६ औँ स्थानमा


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै २ हजार ७२२ संक्रमित थपिएका छन् ।

पछिल्लो एक साताको तथ्यांक हेर्दा पनि नेपालमा संक्रमित हुनेको संख्या बढेको छ । अहिले २१ हजार २३४ जनामा संक्रय संक्रमण छ ।

संक्रमितको संख्या यही दरमा बढ्दै गए नेपालले कोरोनाको उद्‍गमस्थल चीनलाई एकदुईदिनमा उछिन्ने मात्र होइन बिस्तारै संसारकै सबैभन्दा बढी संक्रमित रहेका देशहरुको सूचीमा पर्ने देखिएको छ।

चाडवार्ड नजिकिएको र सबैभन्दा धेरै जनसंख्या रहेको काठमाडौं उपत्यकामा संक्रमण फैलिएकाले नेपाल संसारमै धेरै असरपर्ने मुलुकहरुमा पर्ने देखिएको छ। शुक्रबारको तथ्यांक अनुसार काठमाडौँ उपत्यकामा एकैदिन १ हजार ६३८ संक्रमित थपिएका छन् ।

विश्वमा कोरोनाको संक्रमण र अवस्थाबारे अपडेट गरिरहेको अनलाइन पोर्टल वल्डो मिटर्सको तथ्यांक अनुसार नेपाल उच्च संक्रमितको देशको सूचीमा माथि चढ्नेक्रम बढेको छ ।

यो समाचार तयार पार्दासम्म नेपाल उच्च संक्रमणमा रहेका विश्वका देशको सूचीमा ४६औँ स्थानमा पुगेको छ।

वल्डो मिटर्सको तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । दोस्रो धेरै संक्रमण फैलिएको देश भारत हो ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ६ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै