खोलाको गिट्टीबालुवा चोर्न नपाएपछि आन्दोलन ! « Khabarhub

खोलाको गिट्टीबालुवा चोर्न नपाएपछि आन्दोलन !


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीमा नदीजन्य वस्तुको दोहान गर्दै आएका ट्याक्टरहरुलाई कारबाही थालिएपछि ट्वाक्टर व्यवसायीहरू आन्दोलित भएका छन् ।

नवलपरासीपूर्व विनयीखोला, अरुणखोला, पत्थरखोला लगायतका खोलाहरुबाट नदीजन्य वस्तुको दोहन तीव्र रुपमा भएको उजुरी परेपछि प्रहरी प्रशासनले कारवाही थालेको छ ।

बिहीबार मात्रै प्रहरीले विनयी त्रिवेणी २ मा रहेको विनयी खोलाबाट खोलाको गिटी, बालुवा चोरी गर्दै गरेका १७ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । नदीजन्य वस्तुको दोहन भएको भन्दै स्थानीयले उजुरी गरेपछि प्रहरी प्रशाशनले कारवाही थालेको थियो ।

खोलाबाट गिटीबालुवा चोरी गर्न नपाएपछि ट्याक्टर व्यवसायीहरु शुक्रबार ट्याक्टर लिएर आन्दोलनमा उत्रिएका छन् । शुक्रबार ट्याक्टर व्यवसायीहरुले नवलपुरको सदरमुकाम कावासोतीमा ट्याक्टरसहित र्‍याली गरे ।

नदीजन्य वस्तुको निकासीका लागि ठेक्का लगाउनु पर्ने उनीहरुको माग छ । स्थानीय तह आफैंले रोयल्टी उठाएर भए पनि खोल्नुपर्ने नवलपुर टेक्टर समितिका अध्यक्ष शिव गिरीले बताए ।

ट्याक्टर व्यवसायीहरुले शुक्रबार २ सयभन्दा बढी टेक्टर राजमार्गमा निकालेर विरोध गरेका थिए ।

नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमायाँ भट्टराई पंगेनीले नदीजन्य वस्तुको दोहन गर्नेलाई छुट नदिने बताइन् । ‘नदीजन्य वस्तुको दोहन गर्ने छुट कसैलाई छैन ।’– उनले भनिन् ।

नवलपुरका अधिकांश नदी तथा खोलामा गत बर्षदेखि अहिले ठेक्का लाग्न सकेको छैन । खोलाको नदीजन्य वस्तु निकासीको लागि टेण्डर आव्हान गरेपनि कुनै पनि टेण्डर नपरेको स्थानीय तहका प्रमुखहरुले जनाएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ८ : ४२ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण