खोलाको गिट्टीबालुवा चोर्न नपाएपछि आन्दोलन ! « Khabarhub

खोलाको गिट्टीबालुवा चोर्न नपाएपछि आन्दोलन !


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीमा नदीजन्य वस्तुको दोहान गर्दै आएका ट्याक्टरहरुलाई कारबाही थालिएपछि ट्वाक्टर व्यवसायीहरू आन्दोलित भएका छन् ।

नवलपरासीपूर्व विनयीखोला, अरुणखोला, पत्थरखोला लगायतका खोलाहरुबाट नदीजन्य वस्तुको दोहन तीव्र रुपमा भएको उजुरी परेपछि प्रहरी प्रशासनले कारवाही थालेको छ ।

बिहीबार मात्रै प्रहरीले विनयी त्रिवेणी २ मा रहेको विनयी खोलाबाट खोलाको गिटी, बालुवा चोरी गर्दै गरेका १७ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । नदीजन्य वस्तुको दोहन भएको भन्दै स्थानीयले उजुरी गरेपछि प्रहरी प्रशाशनले कारवाही थालेको थियो ।

खोलाबाट गिटीबालुवा चोरी गर्न नपाएपछि ट्याक्टर व्यवसायीहरु शुक्रबार ट्याक्टर लिएर आन्दोलनमा उत्रिएका छन् । शुक्रबार ट्याक्टर व्यवसायीहरुले नवलपुरको सदरमुकाम कावासोतीमा ट्याक्टरसहित र्‍याली गरे ।

नदीजन्य वस्तुको निकासीका लागि ठेक्का लगाउनु पर्ने उनीहरुको माग छ । स्थानीय तह आफैंले रोयल्टी उठाएर भए पनि खोल्नुपर्ने नवलपुर टेक्टर समितिका अध्यक्ष शिव गिरीले बताए ।

ट्याक्टर व्यवसायीहरुले शुक्रबार २ सयभन्दा बढी टेक्टर राजमार्गमा निकालेर विरोध गरेका थिए ।

नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमायाँ भट्टराई पंगेनीले नदीजन्य वस्तुको दोहन गर्नेलाई छुट नदिने बताइन् । ‘नदीजन्य वस्तुको दोहन गर्ने छुट कसैलाई छैन ।’– उनले भनिन् ।

नवलपुरका अधिकांश नदी तथा खोलामा गत बर्षदेखि अहिले ठेक्का लाग्न सकेको छैन । खोलाको नदीजन्य वस्तु निकासीको लागि टेण्डर आव्हान गरेपनि कुनै पनि टेण्डर नपरेको स्थानीय तहका प्रमुखहरुले जनाएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ८ : ४२ बजे

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०