पूर्वी नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

पूर्वी नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । देवचुली नगरपालिका ११ निवासी ८० वर्षीय पुरुषको गएराती मृत्यु भएको हो ।

कात्तिक १२ गते चितवनस्थित सीएमसीमा भर्ना भएका ती पुरुषको १३ गते कोरोना पुष्टी भएको थियो ।

आईसीयू राखिएका उनको आइतबार राती १०ः४५ मा मृत्यु भएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद श्रेष्ठले जानकारी दिए ।

मृतक पुरुषको अहिले बिहान देवघाट धाममा नेपाली सेनाले शव ब्यवस्थापन गर्ने तयारी गरेको पनि श्रेष्ठले जानकारी दिए ।

योसहित पूर्वी नवलपरासी जिल्लामा कोरोना संक्रमण पुष्टी भएका २३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले बताए ।

जिल्लामा कुल १ हजार ७ सय २३ जनालाई संक्रमण पुष्टी भएकामा १ हजार २ सय १५ जना संक्रमणमुक्त भइसकेका छन् । अब ४ सय ८५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ६ : ४५ बजे

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै

काठमाडौं– यामाहाले नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने

एक्सन दृश्य केन्द्रमा राखेर निखिलले सार्वजनिक गरे ‘आचार्य’को टिजर

काठमाडौं – नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचाय’को टिजर

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) मा

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं– काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा

पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटे, सरकारी पेस्तोलबाट गोली चलाए

पेशावर- पाकिस्तानको इस्लामाबादस्थित सरहद युनिभर्सिटीको रावत क्याम्पसमा विद्यार्थी प्रदर्शनका क्रममा