महानगरले भन्यो : अब सडकमा खाना नखुवाउनू, बेइज्जत भयो ! « Khabarhub

महानगरले भन्यो : अब सडकमा खाना नखुवाउनू, बेइज्जत भयो !


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ ।

सोमबार काठमाडौं नगर प्रहरीले खाना खुवाउँदै आएका अभियन्तालाई फोन गरेर अबदेखि सडकमा खाना नखुवाउन आदेश दिएको अभियन्ता दिपेश धुन्जुले बताए ।

नगर प्रहरी महाशाखाका प्रमुख धनपति सापकोटाले फोन गरेरै ‘माथिबाट आदेश भन्दै सडकमा खाना नखुवाउनु’ भनेको अभियन्ता धुन्जुले बताए ।

अर्का अभियन्ता बिमल पन्तले यस विषयमा महानगरमा बुझ्दा एक कर्मचारीले ‘सडकमा खाना खुवाउँदा बेइज्जत भयो’ भोलि (मंगलबार)बाट सडकमा खाना नखुवाउनु भन्ने जवाफ दिएको बताए ।

ति कर्मचारीले सडकमा भोलिबाट खाना नखुवाउनु, खुवाउनु परे आफ्नो घरमा लगेर खुवाउनु भन्ने रुखो जवाफ दिएको बताउँदै बिमलले खबरहबसँग भने, ‘हामी पछि हट्दैनौं जसरी पनि भोलि त्यही ठाउँमा खाना खुवाउँछौं, होइन भने हामीलाई खाना खुवाउने ठाउँ तोकिदिनुपर्‍यो ।’

अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चम लगायतका विभिन्न ठाउँमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई  निशुल्क खान वितरण गर्दै आएका छन् ।

केही दिनदेखि महानगरले नगर प्रहरी नै पठाएर खाना वितरण गर्न रोक लगाउने गरेको अभियन्ताहरुको भनाइ छ  ।

चैत्र १४ बाट हन्ड्रेड ग्रुपले महालक्ष्मीथान, पशुपति, खुल्लामञ्च लगायत झन्डै दर्जन मठमन्दिरमा उनीहरुले निःशुल्क खाना खुवाइरहेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ९ : ५६ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग