ट्राफिक लाईट नमान्नेलाई अनलाइन कक्षा लिँदै ट्राफिक प्रहरी | Khabarhub Khabarhub

ट्राफिक लाईट नमान्नेलाई अनलाइन कक्षा लिँदै ट्राफिक प्रहरी


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– के तपाई ट्राफिक लाइटलाई बेवास्ता गरी सवारी साधन चलाउनु हुन्छ ? होसियार, ट्राफिक कक्षामा बस्नु पर्ला है !

ट्राफिक प्रहरी महाशाखाले हिजो मंसिर १५ गतेदेखि ट्राफिक लाईट उल्लंघन गर्ने चालकहरुलाई अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको शुरुवात गरेको छ।

लकडाउन अघि ट्राफिक कारबाहिमा परेका चालकहरु स्वयं बग्गीखाना गएर आफै ट्राफिक कक्षामा सहभागी हुनुपर्ने परिपाटीको अन्त्य गर्दै हालको कोरोना भाइरस संक्रमणको अबस्थालाई समेत मध्यनजर गरी महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रबिधिको प्रयोगमार्फत निरन्तरता दिने भएको छ ।

महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले लामो समयको लकडाउन र कोरोना संक्रमणको जोखिम यथावत नै रहेकोले चालकहरुलाई कक्षा कोठामा उपस्थित गराएर कक्षा सञ्चालन गर्दा जोखिम झन बढ्न सक्ने देखिएकोले त्यस्ता चालकहरुको लागी हामीले घरमै बसेर भर्चुअल क्लास लिने व्यवस्था गरेको बताए ।

उनले “रातो बत्तीमा समेत गाडी हुँइक्याउने र जथाभावी बाटो क्रस गर्ने पैदलयात्रुको बानीले दुर्घटनाको सम्भावना बढ्ने र सडक जाम समेत हुन्छ, यस्तो प्रबृत्तिलाई निरुत्साहित गर्न र ट्राफिक लाइटको पुर्ण पालना गराउन कारबाहिका साथै ट्राफिक कक्षा लिने व्यवस्था गरेको जानकारी दिए ।

लामो समयदेखि बग्गीखानामा लिदै आएको ट्राफिक सचेतना कक्षा कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको थियो ।

यस अघि महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरुलाई मात्र ट्राफिक कक्षा लिदै आएकोमा अब देखि ट्राफिक लाईटको बे-वास्ता गरी रातो बत्तीको उल्लंघन गर्ने चालकहरुले समेत अनिबार्य कक्षा लिनुपर्ने व्यवस्था गरेको छ ।

हाल उपत्यकाको २५ स्थानमा ट्राफिक लाईटको माध्यमबाट चोकहरुको व्यवस्थापन हुँदै आएको छ ।

सडक अनुशासन तथा सडक संस्कार एउटा सभ्य समाजको ऐना हो भन्ने कुरालाई आत्मसाथ गर्दै ट्राफिक लाईट भएका त्यस्ता चोकहरुमा चालक र पैदलयात्रीले ट्राफिक बत्तिको पालना गर्ने हो भने ट्राफिक व्यवस्थापनमा सहजता हुन्छ भने सवारी दुर्घटनामा समेत कमी आउछ ।

यस्तो प्रतिकुल अबस्थामा प्रबिधिको प्रयोग मार्फत सचेतना कक्षा संचालन बढि उपयोगी एव लाभदायिक हुने र यसले आम चालकहरुमा अनलाईन सचेतना कक्षा लिने प्रबृत्तिमा समेत बृद्धि हुने महाशाखाको अपेक्षा छ ।

सचेतना कक्षा सम्बन्धि दैनिक तालिका तथा कक्षाको लिङ्क समेत महाशाखाको अफिसियल फेसबुक पेजमा प्रकाशित गरिने छ ।

ट्राफिक कारबाहीमा परि सचेतना कक्षामा अनिबार्य समाबेश हुनुपर्ने चालकहरुले सोहि फेसबुक पेजको लिङ्क मार्फत निर्धारित समय भन्दा अगावै समाबेश हुनुपर्ने छ ।

एक घण्टाको सचेतना कक्षामा समाबेश हुन सम्बन्धित चालकले ट्राफिक प्रहरीले दिएको चिटको नम्बर प्रयोग गरी रजिष्ट्रेसन गर्नुपर्ने व्यवस्था मिलाइएको छ । थप जानकारीको लागी ट्राफिक प्रहरीको हटलाईन १०३ सम्पर्क गर्नुहोला ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ३ : ५० बजे

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली

मोरङलाई हराउँदै भोजपुर गोल्डकपको अन्तिम ४ मा सिरहा

भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वार्टर

विपिन जोशीको रिहाइमा थप पहल गर्ने कतारी राजाको आश्वासन

काठमाडौं- नेपाल भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिनहमाद

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी

धार्मिक पर्यटकीयस्थलको गन्तव्य बन्दै जलेश्वरधाम

भद्रपुर– पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री