दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ बागमती विजयी « Khabarhub

दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ बागमती विजयी


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको महिला क्रिकेट खेलमा बागमती प्रदेश विजयी भएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालाको क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेश विजयी भएको हो । बागमतीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको हो । 

बागमतीले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको थियो । पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा ११२ रन बनायो । सुदूरपश्चिमका लागि ओपनर ब्याटर मनिषा बोहराले ३० तथा अनु कडायतले अविजित २३ रन बनाइन् । 

अनुले १५ बलको सामना गर्दै एक छक्का र एक चौका प्रहार गरिन् । यसैगरी, कप्तान ऋतु कनौजियाले १४ बलमा अविजित १५, स्नेहा महराले २२, ममता बोहराले दुई तथा रविना बोहरा, यामु पाण्डे र ममता चन्दले एक एक रन बनाइन् । 

बलिङतर्फ बागमतीकी कप्तान अस्मिना कर्माचार्यले तीन तथा संस्कृति फुयाँल र लक्ष्मीमाया रुम्बा लामाले एक एक विकेट लिइन् । 

एक सय १३ रनको लक्ष्य बागमती प्रदेशले तीन विकेटको क्षतिमा १८ ओभरमा लक्ष्य पुरा गर्यो । बागमतीका लागि ओपनर ब्याटर हेलिषा गुरुङले अविजित ५५ रन बनाइन् । उनले ५१ बलको सामना गर्दै छ चौका प्रहार गरिन् । यस्तै, लक्ष्मीमाया रुम्बा लामाले २०, कामना श्रेष्ठले १३, विपिषा शाहीले १० तथा सेविकाकुमारी यादवले तीन रन बनाइन् । 

बलिङतर्फ सुदूरपश्चिमका लागि अनु कडायत र स्नेहा महराले एक एक विकेट लिइन् । बागमतीलाई जिताउन महत्वपूर्ण पारी खेलेकी हेलिषा गुरुङ प्लेयर अफ दी म्याच घोषित भइन् । आजै दोस्रो खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच खेल भइरहेको छ ।

महिला बास्केटबलमा पुलिस र सुदूरपश्चिम विजयी

कर्णाली प्रदेशमा जारी महिला बास्केटबलतर्फ आज दुई खेल सम्पन्न भएका छन् । ती खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

महिला बास्केटबलतर्फ पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ५२–२९ अङ्कले पराजित गरेको हो । यस्तै, दोस्रो खेलमा  सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा भएको थियो । 

सो स्पर्धामा सुदूरपश्चिम विजयी भयो । सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७–३ अङ्कले पराजित गरेको हो । 

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ५ : १० बजे

सामा-चकेवा समापन (तस्बिरहरू)

काठमाडौं– दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र प्रेम, आत्मीयता र सद्भावको प्रतीक

दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ बागमती विजयी

कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको महिला क्रिकेट खेलमा

युक्रेन युद्धमा रुसका पाँच लाख सैनिकको मृत्यु : कसरी खुल्यो रहस्य ?

काठमाडाैँ – युक्रेन युद्धमा रुसले करिब पाँच लाख सैनिक गुमाएको

विराटनगर जुट मिल सञ्चालनको तयारी, लगानीकर्तालाई ३५ दिनको समय

काठमाडौँ – लामो समयदेखि बन्द अवस्थामा रहेको देशको पहिलो आधुनिक

गाउँको खेतमा जनमोर्चाको सामूहिक खेती, ३३ रोपनीमा फलाए धान (तस्बिरहरू)

बागलुङ– राष्ट्रिय जनमोर्चाले बागलुङमा सामूहिक धान खेती गरेको छ ।