एउटै उत्तरले पक्का भएको जागिर « Khabarhub

एउटै उत्तरले पक्का भएको जागिर


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना युवक जागिरका लागि अन्तर्वाता दिन गए । अन्तर्वाता दिने टोलीमध्ये एकले सोधे, ‘हामीसँग तपाईंका लागि विकल्प छ, हामीले तपाईका लागि दशवटा सजिलो प्रश्न सोधौं या एउटा गाह्रो प्रश्न सोधौं ।’

ती युवकले भने, ‘एउटा ग्राहो प्रश्न गर्नुहोस् ।’

अन्तर्वाता लिने टोलीबाट युवकलाई त्यो एउटा प्रश्न आयो, ‘कुखुरा पहिला आयो कि अण्डा ?’ युवकले उत्तर दिए कुखुरा पहिले आयो । त्यसपछि अन्तर्वाता लिने टोलीका एकले सोधे, ‘कसरी’?

अन्तर्वाता दिन बसेका युवकले मुस्कुराउँदै भने,‘तपाईंहरुले मलाई दशवटा प्रश्न सोध्ने कि एउटा गाह्रो प्रश्न भनेर विकल्प दिनुभयो । मैले एउटा गाह्रो प्रश्न सोध्न अनुरोध गरे र त्यो एउटा प्रश्न हजुरहरुले सोधिसक्नु भयो । मैले उत्तर पनि दिइसके ।’

त्यसैले तपाईंहरुले दिनुभएको विकल्पअनुसार मैले दोस्रो प्रश्नको उत्तर दिनु जरुरी छैन ।

ती युवकको उत्तरले अन्तर्वाता दिने व्यक्तिहरु प्रभावित भए उनको जागिर पक्का भयो ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १२ : ३७ बजे

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले