टिभीएस मोटर्सद्वारा टिभीएस एनटर्क १२५ रेस इइडिसन सार्वजनिक « Khabarhub

टिभीएस मोटर्सद्वारा टिभीएस एनटर्क १२५ रेस इइडिसन सार्वजनिक


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टिभीएस मोटर कम्पनीले टिभिएस एनटर्क १२५ रेस इडिसन पोखरामा सार्वजनिक गरिएको छ ।

टिभिएसको नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका अनुसार रेस इडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ।

कम्पनीका अनुसार यसमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ।

स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै “रेस इडिसन” ले टिभीएसको रेसिङ पेडिग्रीलाई झल्काउँछ । कम्पनीले स्कुटर म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको जनाएको छ।

टिभिएस मोटर कम्पनीका, इन्टरनेशनल बिजनेस, एक्जुकेटिभ भाइस–प्रेसिडेन्ट आर दीलिपले भने, टिभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहकहरू माँझ निकै लोकप्रिय बन्न पुगेको छ। यसको आकर्षक एपिरियन्स र टिभीएस स्मार्ट एक्सकनेक्ट विशेषता बाहेक, यसको प्रदर्शन टिभीएस एनटर्क १२५ को हलमार्क बनेको छ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले भने, टिभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठूलो परिवर्तन ल्याएको छ । यो स्कुटर चाँडै नै लोकप्रिय बन्न पुग्यो। हामी निश्चित छौं कि रेस इडिसनले थ्रिल खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्नेछ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १ : २२ बजे

कुशल भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौँ – कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको धारिलो

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा