चीनलाई कोरोना भाइरस नियन्त्रणका लागि एघार मुलुकको सहयोग « Khabarhub

चीनलाई कोरोना भाइरस नियन्त्रणका लागि एघार मुलुकको सहयोग


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन- कोरोना भाइसरविरूद्ध जुधिरहेको चीनलाई संयुक्त राष्ट्रसंघ बालकोषका साथै विभिन्न एघार मुलुकले भाइरस नियन्त्रण र रोकथामका लागि पठाएको सहयोग चीन पुगेको चीन सरकारका प्रवक्ताले सोमबार बताएका छन् ।

दक्षिण कोरिया, जापान, बेलायत, फ्रान्स, टर्की, पाकिस्तान, काजकस्तान, हङ्गेरी, इरान, बेलारूस र इनिडोनेसियाबाट कोरोना भाइरस नियन्त्रणका लागि सामग्री उपलब्ध भएको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन्निङले पत्रकार सम्मेलनमा बताए ।

उक्त सामग्री आइतबारसम्म आइपुगेको उनले उल्लेख गरे । उनले अन्य मुलुकबाट पनि सहयोगका सामग्री आउने क्रम रहेको खबरहरू प्राप्त भएका उनको भनाइ थियो ।

प्रवक्ता चुन्निङले आवश्यक परेका वेला सहयोग गर्ने साथी वास्तविक साथी रहेको भन्दै सहयोगी सबैलाई धन्यवाद दिए ।

चीनमा कोरोना भाइरसको सङ्क्रमणका कारण मेडिकल मास्क, प्रोटेक्टिभ सुट र सुरक्षित चश्माजस्ता सामानको जरूरी रहेको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १० : १४ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग