अस्वस्थताका बीच अध्यक्ष प्रचण्डले भेटे प्रधानमन्त्री ओलीलाई | Khabarhub Khabarhub

अस्वस्थताका बीच अध्यक्ष प्रचण्डले भेटे प्रधानमन्त्री ओलीलाई


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्यनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिचिङ अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अध्यक्ष प्रचण्ड मंगलबार साँझ अस्पताल पुगेका हुन् । रुघाखोकीका कारण अस्वस्थ रहेका प्रचण्डले प्रधानमन्त्री ओलीलाई अस्पताल पुगेरै स्वास्थ्य लाभको कामना गरेका छन् ।

अध्यक्ष ‘प्रचण्ड’ मौसमी रुघाखोकीका कारण अस्वस्थ रहेको स्रोतले जानकारी दिएको हो ।

मौसमी रुघाखोकीका कारण अस्वस्थ बनेपछि उनी केही दिन सार्वजनिक कार्यक्रममा सहभागी नहुने स्रोतले खबरहबलाई जानकारी दिएको छ ।

स्रोत भन्यो,  ‘उहाँलाई सामान्य रुघाखोकी लागेको छ, केही दिन उहाँले भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागीता जनाउनुहुने छैन।’

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौंला प्रत्यारोपण गरिने छ ।

 

 

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : ४८ बजे

डेडिकेटेड ट्रंकलाइन महसुल विवादमा आयोगको प्रतिवेदन

काठमाडौं– सरकारले उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीचमा पैदा भएको डेडिकेटेड

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको