कोरोनाको संक्रमणबाट आज अमेरिकापछि बेलायतमा धेरैले ज्यान गुमाए « Khabarhub

कोरोनाको संक्रमणबाट आज अमेरिकापछि बेलायतमा धेरैले ज्यान गुमाए


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र रुपमा देखिएको छ ।

पछिल्लो २४ घण्टाको तथ्यांक हेर्ने हो भने विश्वमा अमेरिकापछि बेलायतमा धेरैले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ६९१ जनाले ज्यान गुमाएका थिए भने बेलायतमा ६२१ जनाले ज्यान गुमाएका छन् ।

बेलायतमा पछिल्लो २४ घण्टामा ६२१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २८ हजार १३१ पुगेको छ ।

बेलायतमा एकैदिन ४ हजार ८०६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ८२ हजार २६० पुगेको छ ।

बेलायतमा संक्रमितमध्ये १ लाख ५३ हजार ७८५ जना उपचाररत छन् । १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणले हाल विश्व त्रसित बनेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : ०० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा