ओखलढुङ्गाका ६ मजदुर जुम्लामा अलपत्र | Khabarhub Khabarhub

ओखलढुङ्गाका ६ मजदुर जुम्लामा अलपत्र


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा- ओखलढुङ्गाका ६ युवक जुम्लामा अलपत्र परेका छन् । जिल्लाको खिजिदेम्बा गाउँपालिका–४ खिजीकातीका युवा लकडाउनका कारण जुम्लामा अलपत्र परेका हुन् ।

काठ चिरानको कामका लागि गत फागुन २७ गते जुम्ला पुगेका उनीहरु लकडाउनका कारण गाउँ फर्कन नसकेका हुन् । कोरोनाको डरले काम गर्ने अवस्था नभएको र लकडाउनका कारण घर फर्कन पनि नसकेको अलपत्र युवक सुकवीर तामाङले बताए ।

लामो समयको लकडाउनले आफूहरुलाई खान बस्नसमेत समस्या भएको उनको भनाइ छ । ‘हामी छ जना यहाँ जुम्लामा रोेकिएर बसेका छौँ । खान–बस्न समस्या भइरहेको छ । गाउँ फर्कन चाहन्छौँ तर सम्भावना भएन’, उनले भने, ‘स्थानीय सरकारले अलपत्र परेका नागरिकलाई उद्धार गरेको सुनियो । हामीलाई पनि सहयोग गरिदिएहुन्थ्यो ।’

अझै लामो समय लकडाउन भए थप समस्या हुने भएकाले उद्धारका लागि उनीहरुले अपिल गरेका छन् ।

खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले टाढाका अलपत्र नागरिकलाई गाउँ फर्काउन सक्ने अवस्था नरहेको बताए।

राजधानी काठमाडौँबाट गाउँ फर्कन चाहनेलाई स्थानीय सरकारले सवारी व्यवस्था गरेर ल्याएको भए पनि जुम्लामा अलपत्र परेकालाई गाउँ ल्याउन अहिले सम्भव नहुने उनको भनाइ छ । खिजीदेम्बाले करिब ७०० नागरिकलाई राजधानीबाट उद्धार गरेर गाउँ फर्काएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : ०८ बजे

अमेरिकालाई चीनले भन्यो- अतिरिक्त कर लगाउने निर्णयको जवाफ दिनेछौँ

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १० प्रतिशत कर लगाउने

आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ

काठमाडौं– आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११

स्वर्गद्वारी गुठीका मोही किसान माइतीघरमा उत्रिए (तस्बिरहरु)

काठमाडौं– स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले काठमाडौंको माइतीघर

न्यायाधीशलाई ‘झोले’ भनेपछि प्रभु साहविरुद्ध अवहेलना मुद्दा

काठमाडौं- जिल्ला अदालत रौतहटका न्यायाधीशहरूलाई सामाजिक सञ्जालमा ‘झोले’ भनेपछि आमजनता

दाङमा पहिलो चरणको छायाङ्कन सकेर ‘कर्मा’ टोली काठमाडौंमा

काठमाडौं – नायक मुकुन भुसालले पहिलो पटक खलपात्रको भूमिका निर्वाह