लकडाउनको ४१ औं दिन आज एकाबिहानै ७८४ जना पक्राउ « Khabarhub

लकडाउनको ४१ औं दिन आज एकाबिहानै ७८४ जना पक्राउ


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने ७ सय ८४ जनालाई पक्राउ गरेको छ ।

अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन प्रहरीले आग्रह गर्दा गर्दै पनि अटेरी गर्ने ७८४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

जसमध्ये लकडाउन उल्लघंन गर्दै सडकमा निस्कने १ सय ९६ जना महिला समेत रहेका छन्।

उनीहरुलाई तीन घण्टासम्म सडकमा राखेर घर फर्काउने गरेको छ। काठमाडौंकै केही ठाउँमा लकडाउन उल्लंघन गर्नेलाई  सडकमा नै खादा लगाइदिने समेत गरिएको छ ।

यसैबीच हिजो शनिबार मात्रै सवारीसाधनको पासमा आफैँले मिति सच्याउँदै सवारी चलाउने, पासको दुरुपयोग गरेका कारण दर्जनौँ कारबाहीमा परेका छन् ।

आइतवार बिहान ८ बजेसम्म प्रहरीले २ सय ४ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गत चैत ११ गतेबाट लकडाउन घोषणा गरेको हो। पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ। लकडाउनको आज ४१ औं दिन पुगेको छ ।

यसैबीच हालसम्म नेपालमा ५९ जना कोरोना संक्रमित भेटिएका छन् । ती मध्ये १६ जना निको भएर घर फर्केका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १० : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै