सामाजिक दूरी कायम गरी कृषि उत्पादनलाई अघि बढाउन जोड « Khabarhub

सामाजिक दूरी कायम गरी कृषि उत्पादनलाई अघि बढाउन जोड


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभा सांसद पम्फा भुसालले कोभिड–१९ को सङ्क्रमण मुलुकमा दिनानुदिन देखिँदै गएका कारण सामाजिक दूरी कायम गरी कृषि उत्पादनलाई अघि बढाउन जोड दिनुपर्ने बताएकी छिन ।

ललितपुर महानगरपालिकाले आयोजना गरेको ‘ललितपुर क्षेत्र नं २ र ३ का प्रदेश तथा प्रतिनिधिसभाका सांसदहरुबीचको छलफल कार्यक्रम’ मा भुसालले कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका धेरै नेपाली स्वदेश फर्कन सक्ने कुरालाई ध्यानमा राखी कृषिमार्फत मुलुकमै रोजगार सिर्जना हुने वातावरण बनाउनुपर्ने बताइन् ।

कार्यक्रममा क्षेत्र नं २ का सांसद कृष्णलाल महर्जनले हालको अवस्थामा दूरी कायम गरी उत्पादनमा लाग्नु सर्वोत्कृष्ट विकल्प रहेको मत व्यक्त गरे ।

क्षेत्र नं ३ प्रदेशसभाका सभासद राजकाजी महर्जनले किसान तथा श्रमिकले जुनसुकै कार्यथलोमा दूरी कायम गरी कृषि तथा विकास निर्माणको कामलाई अघि बढाउनुपर्ने विचार व्यक्त गरे ।

क्षेत्र नं २ क सो सभासद माधव पौडेलले बढ्दो शहरीकरणका कारण कौसी खेतीमार्फत तरकारीमा आत्मनिर्भर बन्न सकिने भएकाले यसलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले  बाँझो जमीनमा खेती गराउन निर्देशिका तयारबारे छलफल भइरहेको जानकारी दिए ।

महानगरपालिकाकी उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई, सामाजिक विकास समिति संयोजक दिनेश कार्की, विपत् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवाले, नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, नं २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले बन्दाबन्दी र यसले सिर्जना गरेको परिस्थितिका विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : २७ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान