ट्रम्प – मोदी टेलिफोन वार्ता, चीनसँगको सीमा विवादबारे ट्रम्पको चासो « Khabarhub

ट्रम्प – मोदी टेलिफोन वार्ता, चीनसँगको सीमा विवादबारे ट्रम्पको चासो


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीन र भारतबीच सीमानाका विषयमा तनाव चुलिरहँदा अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच टेलिफोन वार्ता भएको छ ।

करिव २५ मिनेट लामो फोन वार्तामा ट्रम्पले भारत र चीनबीच सीमा विवादले बढेको तनाबका विषयमा चासो राखेको बताइएको छ ।

त्यस अतिरिक्त राष्ट्रपति ट्रम्पले मोदीलाई जी-७ वैठकमा सामेल हुन पनि निम्तो दिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

दुवै नेताले अमेरिकामा भएको हिंसा, कोरोना भाइरसको महामारी र डब्ल्युएचओमा सुधार गर्नुपर्ने विषयमा छलफल भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प जी-२० को महत्वलाई कम गर्न जी ७ लाई विस्तार गर्ने योजनामा छन् । जी-७ मा भारतसहित रुस, साउथ कोरिया र अष्ट्रेलियालाई सामेल गराउने योजनामा ट्रम्प छन् ।

चीन र अमेरिकाकाबीचको सम्बन्ध खराव भइरहेको बेला उनले मोदीसंग फोन वार्ता गर्दै जी-७ मा भारतीय प्रधानमन्त्री मोदीलाई निम्तो दिएका हुन् । मोदीले निम्तोका लागी धन्यवाद दिंदै मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १० : २४ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले