चर्चित भारतीय कोरियोग्राफर सरोज खानको निधन « Khabarhub

चर्चित भारतीय कोरियोग्राफर सरोज खानको निधन


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतकी लोकप्रिय कोरियोग्राफर सरोज खानको निधन भएको छ । ७१ वर्षीया खानको शुक्रवार हृदयाघातका कारण निधन भएको हो ।

केही दिनदेखि सास फेर्न गाह्रो हुने समस्या देखिएपछि उनलाई मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा उपचार गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सरोजले करीब २ हजार फिल्ममा कोरियोग्राफी गरेकी छिन् । बलिउडका अधिकांश अभिनेत्रीलाई उनले नृत्य सिकाएकी थिइन् । उनले श्रीदेवी र माधुरी दीक्षितलाई पनि नृत्य सिकाएकी थिइन् ।

४० वर्षको आफ्नो करिअरमा सरोजले अवार्डसमेत जितेकी छिन् । उनले ३ राष्ट्रिय अवार्ड पनि जितेकी थिइन् ।

सरोजले पहिलोपटक सन् १९७४ मा ‘गीता मेरा नाम’ बाट आफ्नो करिअर थालेकी थिइन् । सरोजले पछिल्लो समय ‘कणिकर्णिका’ र ‘कलंक’ मा कोरियोग्राफी गरेकी थिइन् ।

उनका पतिसहित एक छोरा र दुई छोरी छन् । बलिउडकर्मीले सरोजको निधनको खबरपछि श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ८ : ३८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र