भारतको कानपुरमा आपराधिक समूहको मुठभेडमा डीएसपीसहित ८ प्रहरीको मृत्यु | Khabarhub Khabarhub

भारतको कानपुरमा आपराधिक समूहको मुठभेडमा डीएसपीसहित ८ प्रहरीको मृत्यु


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको उत्तरप्रदेशस्थित कानपुर जिल्लामा आपराधिक समूहसँगको मुठभेडमा एक डीएसपीसहित आठ प्रहरी मारिएका छन् ।

बिहीबार राति करिब एक बजेतिर आपराधिक समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ प्रहरी मारिएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रहरीहरु लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन बिकरू भन्ने गाउँमा जादा उनीहरूमाथी एउटा घरको छतबाट गोली हानिएको बताइएको छ ।

प्रहरीले प्रतिरक्षामा गोली चलाउँदा दुवे समूहका तीन सदस्यसमेत मारिएको छ । उक्त आक्रमणपछि अभियुक्त दुवे र उनको समूह प्रहरीको  हतियारसमेत लुटेर फरार भएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ८ : ५२ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले